काठमाडौं । अब एकीकृत परियोजना बैंक स्थापना हुने भएको छ । सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२र८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले केन्द्र, प्रदेश र स्थानीय तहको योजनामा दोहोरपना हटाउन एकीकृत परियोजना बैंकको स्थापना गर्ने घोषणा गरेका हुन् ।