Logo

नेपाल एसबिआई बैंकद्वारा नेतृत्व सीप सम्बन्धी तालिम सम्पन्न, उपत्यकाका सबै महिला कर्मचारी प्रशिक्षित

नेपाल एसबिआई बैंकद्वारा नेतृत्व सीप सम्बन्धी तालिम सम्पन्न, उपत्यकाका सबै महिला कर्मचारी प्रशिक्षित



काठमाडौं । अन्तरराष्ट्रिय नारी दिवसको अवसरमा नेपाल एसबिआई बैंक लिमिटेडले काठमाडौं उपत्यकास्थित सम्पूर्ण शाखाका महिला कर्मचारीहरूका लागि नेतृत्व सीप सम्बन्धी तालिमको आयोजना गरेको छ।

उक्त तालिममा विश्वविख्यात भारतीय–अमेरिकी नेतृत्व विशेषज्ञ, प्रशिक्षक तथा लेखिका पायल नानजियानीले नेतृत्व विकाससम्बन्धी प्रशिक्षण दिएकी थिइन्। कार्यक्रममा महिला सशक्तिकरण, बैंकिङ क्षेत्रमा महिलाको योगदान, उपलब्धि तथा समावेशीताका विषयमा समेत व्यापक छलफल गरिएको थियो।

नेपाल एसबिआई बैंकका महिला कर्मचारीहरूले उक्त तालिममार्फत नेतृत्व क्षमतामा नयाँ दृष्टिकोण हासिल गरेका छन्। बैंकका वरिष्ठ पदाधिकारीहरूले पनि महिलाहरूको नेतृत्व विकासका लागि यस्ता तालिमहरू आवश्यक रहेको बताए।

नेपाल एसबिआई बैंकले ३१ वर्षदेखि नेपालमा बैंकिङ सेवा प्रदान गर्दै आएको छ। हाल बैंकसँग १०६ शाखा, २३ एक्स्टेन्सन काउण्टर, १२६ शाखारहित बैंकिङ सेवा, ४ प्रादेशिक कार्यालय, १९९ एटीएम र १ कर्पोरेट कार्यालय सञ्चालनमा रहेका छन्।

बैंकले भविष्यमा पनि महिला कर्मचारीहरूको क्षमता अभिवृद्धि तथा नेतृत्व विकासका लागि यस्ता कार्यक्रमहरू आयोजना गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस्
Skip This
Skip This