Logo

सिटिजन्स बैंकको सुदूरपश्चिम प्रदेश कार्यालय र धनगढी शाखा आफ्नै भवनमा

सिटिजन्स बैंकको सुदूरपश्चिम प्रदेश कार्यालय र धनगढी शाखा आफ्नै भवनमा



काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशको सातै प्रदेशमा आफ्नै भवनबाट प्रदेश कार्यालयहरु सञ्चालन गर्ने योजनालाई साकार पारेको छ । हालै मात्र सुदूरपश्चिम प्रदेशको धनगढी उपमहानगरपालिका वडा नं ३ मा बैंकले आफ्नै भवनमा सुदूरपश्चिम प्रदेश कार्यालय सञ्चालनमा ल्याएको हो ।

यसअघिनै बैंकले कोशी प्रदेशको विराटनगर, मधेश प्रदेशको वीरगंज एवं जनकपुर, गण्डकी प्रदेशको पोखरा, लुम्बिनी प्रदेशको बुटवल एवं नेपालगंज र कर्णाली प्रदेशको सुर्खेत स्थीत आफ्नै भवनबाट प्रदेश कार्यालय एवं क्लस्टर कार्यालयहरु सञ्चालनमा ल्याइसकेको छ । सुविधा सम्पन्न आधुनिक यस धनगढी उपमहानगरपालिका वडा नं.३ स्थित भवनबाट सुदूरपश्चिम प्रदेश कार्यालयका अलवा धनगढी शाखा समेत सञ्चालनमा आएको छ ।

हाल सुदूरपश्चिम प्रदेश, कैलाली जिल्ला, धनगढी उपमहानगरपालिका वडा नं. ०४ मा सञ्चालनमा रहेको यस बैंकको धनगढी शाखा कार्यालय स्थानान्तरण भई आन्दाजी ८०० मिटर दुरीमा रहेको आफ्नै भवनमा स्थानान्तरण भएको हो । समारोहमा स्थानीय निकायका प्रतिनिधिहरू, उद्योगी, व्यापारी, विभिन्न संघ संस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको उपस्थिति रहेको थियो ।

सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाहरु कैलाली, डडेलधुरा, बझाङ, अछाम, दार्चुला, कञ्चनपुर र बैतडीमा गरी यस बैंकले १० वटा शाखा कार्यालयहरु मार्फत वित्तीय सेवाहरु प्रदान गर्दै आईरहेको छ । सुविधा सम्पन्न यी शाखाहरुबाट ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ्ग सेवा प्रदान गर्नुका साथै साना तथा मझौला व्यवसायीहरु माझ वित्तीय पहुँच पुर्याउने लक्ष्य बैंकले राखेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL