Logo

तेस्रो सांग्रिला साइकल र्याली आयोजना हुँदै, रजिष्ट्रेशन खुल्ला

तेस्रो सांग्रिला साइकल र्याली आयोजना हुँदै, रजिष्ट्रेशन खुल्ला



काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले साइकल र्याली आयोजना गर्ने भएको छ । विश्व वातावरण दिवसका अवसरमा जेठ १९ गते शनिबारका दिन ‘इन्धन बचाऔं, वातावरण जोगाऔं’ भन्ने नाराका साथ डेभलपमेन्ट बंैकर्स एशोसिएसन नेपाल, बिवाइडी तथा अन्य संघ संस्थाहरुसँगको सहकार्यमा साइकल र्याली आयोजना गर्न लागेको हो ।

laxmi

सो साइकल र्यालीमा सहभागी हुन चाहने इच्छुकहरुले जेठ १६ गतेसम्म निशुल्क दर्ता गरी आफ्नो सहभागिताको सुनिश्चितता गर्न बैंकले आग्रह गरेको छ ।

उक्त साइकल र्याली मिति २०८१ जेष्ठ १९ गते बिहान ७ः०० बजे देखी सानोगौचरन मैदानबाट सुरु हुँदै नागपोखरी, नारायणहिटि, दरबार मार्ग, भद्रकाली मन्दिर, सहिद गेट, त्रिपुरेश्वर रङ्गशाला, थापाथली, माइतीघर, बिजुली बजार, नयाँ बानेश्वर पानी ट्याङकी, पुरानो बानेश्वर, गौशाला, रातोपुल, जर्मन एम्बेसीबाट, सानोगौचरन मैदानमा पुगी समापन गरिनेछ ।

उक्त र्यालीमा सांग्रिला डेभलपमेन्ट बंैकले वातावरण संरक्षण प्रतिको आफ्नो उत्तरदायित्वलाई आत्मसात गर्दै इन्धनको मितव्ययिता एवं साइकल जस्तो बैकल्पिक यातायातको साधनको प्रयोग गरी प्रदुषण नियन्त्रणमा टेवा पुर्याउन सहयोग पुर्याउने बताईएको छ ।

वातावरणलाई सफा स्वच्छ राख्ने उद्देश्यका साथ सेभ फ्युल, सेभ इन्भारोमेन्ट भन्ने नारा लिएर अगाडि बढेको यस किसिमका कार्यक्रमहरुलाई बंैकले निरन्तरता दिदंै जाने जानकारी दिएको छ ।

सो साइकल र्यालीमा सहभागी भएका सम्पूर्ण सहभागीहरुलाई टिसर्ट र भाग्यमानी एक जना सहभागीहरुलाई साइकल तथा अन्य बम्पर पुरस्कार प्रदान गरिने बैंकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL