Logo

ज्योति विकास बैंकको सामाजिक उत्तरदायित्व, कर्णालीका ५ स्वास्थ्य चौकीलाई बेबी वार्मर प्रदान

ज्योति विकास बैंकको सामाजिक उत्तरदायित्व, कर्णालीका ५ स्वास्थ्य चौकीलाई बेबी वार्मर प्रदान



काठमाडौँ । ज्योति विकास बैंकले कर्णाली प्रदेशका ५ विभिन्न स्वास्थ्य चौकीहरूमा नवजात शिशुको शारीरिक तापक्रम उचित राख्न र शिशुलाई हाइपोथर्मिया (अल्पताप) हुनबाट जोगाउन प्रयोग हुने बेबी वार्मर (न्यानो नानी) मेसिन प्रदान गरेको छ।

laxmi

यस अन्तर्गत बैंकले जुम्ला, कालिकोट, मुगु र दैलेख जिल्लास्थित स्वास्थ्य चौकी तथा बर्थिङ सेन्टरलाई उक्त उपकरण उपलब्ध गराएको छ।

हाइपोथर्मियाको कारण नवजात शिशुको अकालमा मृत्यु हुन नदिन र जीवनरक्षा गर्न विभिन्न स्वास्थ्य चौकीहरूमा बैंकले उक्त मेसिन जडान गरेको हो। हालसम्म विभिन्न चरण गरी देशका विभिन्न ठाउँमा ४३ वटा बेवी वार्मर प्रदान गरेको बैंकले यस चरणमा भौगोलिक रूपले विकट क्षेत्रहरूमा उक्त उपकरण जडान गरेको छ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व प्रयोजनार्थ स्थापना गरेको “हाम्रो विकास प्रवर्द्धन कोष” मार्फत सो मेसिनहरू प्रदान गरेको हो। मेसिनहरू जडान पश्चात् जुम्ला जिल्लाको कनकासुन्दरी गाउँपालिका वडा नं. ०३ स्थित विराट स्वास्थ्य चौकी, कालिकोट जिल्लाको तिलागुफा नगरपालिका वडा नं. ०९ स्थित स्वास्थ्य चौकी-चिल्खाया, मुगु जिल्लाको छायानाथ रारा नगरपालिका अन्तर्गतको गुम स्वास्थ्य चौकी, दैलेख जिल्लाको डुङ्गेश्वर गाउँपालिका वडा नं. ०२ स्थित लाँकुरी स्वास्थ्य चौकी र डुङ्गेश्वर गाउँपालिका वडा नं. ०४, अवलपराजुलस्थित डुङ्गेश्वर आधारभूत स्वास्थ्य तथा सरसफाइ सेवा केन्द्रको बर्थिङ सेन्टरमा प्रसूति सेवा लिन आउने प्रत्यक्ष रूपमा लाभान्वित भएका छन्।

प्रतिक्रिया दिनुहोस्
MBL