Logo

वाणिज्य बैंकको सीइओका लागि पाँच जनाको नाम सर्टलिस्ट, को होला भाग्यमानी ?

वाणिज्य बैंकको सीइओका लागि पाँच जनाको नाम सर्टलिस्ट, को होला भाग्यमानी ?



काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा आवेदन दिएकामध्ये ५ जनाको नामसहित छोटो सूची (सर्टलिस्ट) सार्वजनिक गरिएको छ ।

laxmi

यसअघि राष्ट्रिय वाणिज्य बैंकले २०८१ बैशाख ७ गते विभिन्न मापदण्ड राखेर सीईओ पदका लागि दरखास्त आह्वान गरेको थियो । उक्त दरखास्तमा आवेदन दिएकामध्ये शैक्षिक योग्यता, कार्य अनुभन र व्यवसायिक कार्ययोजनाका आधारमा ५ जनाको नाम सर्टलिस्ट सार्वजनिक गरेको हो ।

बैंकको सीईओ नियुक्ति गर्न गठित सिफारिस उपसमितिले सीईओ पदका लागि कृष्णबहादुर अधिकारी, देवेन्द्ररमण खनाल, प्रकाशचन्द्र अधिकारी, विष्णुदेव यादव र शंकर केसीलाई सर्टलिस्ट गरेको हो।

समितिले सीईओका लागि सर्टलिस्ट भएका उम्मेदवारहरुका लागि प्रस्तुतीकरण र अन्तरवार्ता लागि मितिसमेत निर्धारण गरेको छ। अन्तरवार्ता तथा प्रस्तुतीकरणका लागि सर्टलिस्टमा परेकाहरुले आफूले पेस गरेका सम्पूर्ण सम्पूर्ण कागजातसहित जेठ ९ गते राष्ट्रिय वाणिज्य बैंकको कार्यालय सिंहदरबार प्लाजामा उपस्थित हुनुपर्नेछ । यसका लागि बिहान ८ः३० बजेदेखि दिउँसो १ः३० बजेसम्मको समय तोकिएको छ।

प्रतिक्रिया दिनुहोस्
MBL