Logo

असल कर्जाको जोखिमभार घट्यो, बैंकलाई सेयर खरिद विक्रीमा सहज

असल कर्जाको जोखिमभार घट्यो, बैंकलाई सेयर खरिद विक्रीमा सहज



काठमाडौं । नेपाल राष्ट्र बैंकले असल कर्जाको जोखिमभार घटाएको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गर्दै बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित असल वर्गमा वर्गीकरण भएका कर्जाहरुको लागि गर्नुपर्ने विद्यमान कर्जा नोक्सानी व्यवस्था १.२५ प्रतिशतबाट घटाई १.२० प्रतिशत कायम गरिने बताएको हो ।

यस्तै बैंक तथा वित्तीय संस्थाले प्रवाह गर्ने विद्यमान १२५ प्रतिशत जोखिमभार रहेका हायर पर्चेज प्रकृतिका सवारी साधन कर्जाको जोखिमभार घटाई १०० प्रतिशत कायम गरिएको हो ।

यस्तै राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको १ वर्ष अवधि व्यतीत भईसकेका लगानी मध्येबाट एक आर्थिक वर्षमा आफ्नो प्राथमिक पुँजीको २० प्रतिशतसम्म बिक्री गर्न पाउने व्यवस्था मिलाइने जानकारी दिएको छ । यसअघि एक आर्थिक बर्षका प्राथमिक पुँजीको १ प्रतिशत मात्रै विक्री गर्न पाउने व्यवस्था थियो ।

प्रतिक्रिया दिनुहोस्
Skip This
Skip This