Logo

१० वाणिज्य बैंकको लेखापरीक्षण गर्न पाँच विदेशी फर्म सर्टलिस्टमा, कसले पाउला जिम्मेवारी ?

१० वाणिज्य बैंकको लेखापरीक्षण गर्न पाँच विदेशी फर्म सर्टलिस्टमा, कसले पाउला जिम्मेवारी ?



काठमाडों । नेपालमा संचालित १० ठुला वाणिज्य बैंकको लेखापरिक्षण गर्नका लागि ५ कम्पनीको नाम सर्टलिस्टमा परेको छ । नेपाल राष्ट्र बैंकले आह्वान गरेको ग्लोबल टेण्डरअनुसार आवेदन दिएकामध्ये ५ कम्पनीको नाम सर्टलिस्टमा परेको हो ।

laxmi

जसमा नेदरल्यान्डस्को डेलोइट फाइनान्सियल एड्भाइजरी, भारतको केपीएमजी एस्योरेन्स एन्ड कन्सल्टिङ सर्भिसेज र पाकिस्तानको केपीएमजी एन्ड कम्पनी रहेका छन् । यसैगरी सीएससी एन्ड कम्पनी जेभी र एसआरबीए एन्ड बीके अग्रवाल चार्टर्ड एकाउन्टेन्टस् जेभी पनि सर्टलिस्टमा परेका छन् ।

राष्ट्र बैंकले उक्त ५ कम्पनीहरुमध्ये कुनै एक कम्पनी छनौट गरी वाणिज्य बैंकहरुको लेखापरिक्षण प्रक्रिया अघि बढाउने भएको छ । खासगरी सरकारले अन्तरराष्ट्रिय मुद्रा कोष (आइएमएफ)सँग गरेको प्रतिबद्धता अनुसार नेपाल राष्ट्र बैंकले तेस्रो पक्षमार्फत् बढी कर्जा प्रवाह गर्ने नेपालका शीर्ष १० वाणिज्य बैंकको लोन पोर्टफोलियो रिभ्यू गर्दैछ ।

यसका लागि नेपाली लेखापरिक्षण फर्मले पनि आवेदन दिन पाउने तर विदेशी फमंसँग सहकार्य हुनुपर्ने प्रावधान थियो । सोही अनुसार सीएससी एन्ड कम्पनीले भारतको प्राइसहाउस कुपर्ससँग र बीके अग्रवाल एन्ड कम्पनी सीएले भारतकै एसआर बाट्लीबोइ एन्ड एसोसिएट्ससँग जेभी गरेर आवेदन दिएका थिए ।

यीमध्ये कुनै एक कम्पनी छनोट भई आगामी जेठदेखि ने नेपालका १० ठुला वाणिज्य बैंकहरुको लेखापरिक्षण सुरु हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL