Logo

अधिकांश वाणिज्य बैंकहरुको नाफामा गिरावट, कसको अवस्था कस्तो ?

अधिकांश वाणिज्य बैंकहरुको नाफामा गिरावट, कसको अवस्था कस्तो ?



काठमाडौं । चालु आर्थिक बर्षको तेस्रो त्रैमाससम्म अधिकांश वाणिज्य बैंकहरुको नाफामा गिरावट आएको छ । वाणिज्य बैंकहरुले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार यस अवधिसम्म आईपुग्दा गत आवको सोही अवधिको तुलनामा १३ वाणिज्य बैंकको नाफामा उल्लेख्य गिरावट आएको हो ।

laxmi

नेपालमा संचालित २० वाणिज्य बैंकहरुमध्ये यस अवधिसम्म गत आवको सोही अवधिको तुलनामा जम्मा ७ बैंकको नाफामा मात्रै सुधार भएको वित्तीय विवरणहरुले देखाएका हुन् ।

कसको अवस्था कस्तो ?

यस अवधिमा नाफामा सुधार गरेका बैंकहरुमध्ये सबैभन्दा बढी कृषि विकास बैंकले सुधार गरेको छ । गत आर्थिक बर्षको तेस्रो त्रैमासम्म १ अर्ब ४ करोड १० लाख रुपैयाँ बढी नाफा आर्जन गरेको कृषि विकास बैंकले चालु आवको तेस्रो त्रैमाससम्म नाफा बढाउँदै २ अर्ब ५ करोड ३१ लाख रुपैयाँ आर्जन गरेको हो ।

यस्तै धेरै नाफा कमाउने वाणिज्य बैंकहरुको सूचीमा दोस्रो स्थानमा भने लक्ष्मी सनराइज छ । यो बैंकले चालु आवको तेस्रो त्रैमासमा गत आवको सोही अवधिको तुलनामा २७.७ प्रतिशतले नाफा बढाउँदै १ अर्ब ६१ करोड ५९ लाख रुपैयाँ पुर्याएको छ । यसैगरी १७ प्रतिशतले नाफा बढाउँदै नेपाल इन्भेष्टमेन्ट मेगा बैंक तेस्रो स्थानमा छ भने प्राइम कमर्सीयल, सिद्धार्थ, मिहालयन र एभरेष्ट बैंकहरु क्रमशः १६, १३, १२, ५ प्रतिशतले नाफा बढाउँदै चौथो, पाँचौं, छैठौं र सातौ स्थानमा परेका छन् ।

नेपाल बैंकको नाफा १ अर्ब ६५ करोडले घट्यो

चालु आवको तेस्रो त्रैमासमा गत आवको सोही अवधिको तुलनामा नेपाल बैंकको नाफामा उल्लेख्य गिरावट आएको छ । बैंकको वित्तीय विवरण अनुसार बैंकले यस अवधिमा ९२.६८ प्रतिशतले नाफा घटाएको हो । गत आवको तेस्रो त्रैमाससम्म १ अर्ब ७८ करोड रुपैयाँ बढी कमाएको बैंकले चालु आवको सोही अवधिमा १३ करोड रुपैयाँ मात्रै आर्जन गरेको हो । यो गत आवको तुलनामा १ अर्ब ६५ करोड १८ लाख रुपैयाँले कम हो ।

यस्तै यसै अवधिमा एनआइसी एशिया बैंकको नाफामा पनि ५२.३१ प्रतिशतको गिरावट आएको छ । यसरी गिरावट आउनेमा माछापुच्छ्रे बैंकको ३६.७३ प्रतिशत, नेपाल एसबीआइ बैंकको ३४.४६ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकको ३३.६ प्रतिशतले नाफामा गिरावट आएको छ ।

यस्तै यसै अवधिमा ग्लोबल आइएमई बैंकको नाफामा २४.१३ प्रतिशतको गिरावत आउँदा कुमारी बैंकको नाफामा १९.१२ प्रतिशत, एनएमबि बैंकको नाफामा १६.४४ प्रतिशत र सानिमा बैंकको नाफामा १५.९ प्रतिशतको गिरावट आएको छ । यता नबिल बैंकको नाफामा ८.७६ प्रतिशतको गिरावट आउँदा प्रभु बैंकको नाफा ७.२७ प्रतिशतले घटेको छ । यस्तै चालु आवको त्रैमासिक वित्तीय वितरण अनुसार यस अवधिसम्म स्ट्यान्डर्ड चार्टर्ड बैंकको नाफा ६.२४ प्रतिशतले घट्दा सिटिजन्स बैंकको नाफा १.९९ प्रतिशतले घटेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL