Logo

एनआईसी एशिया बैंकको नाफा १ अर्ब ९१ करोड, यस्ता छन् अन्य सूचक

एनआईसी एशिया बैंकको नाफा १ अर्ब ९१ करोड, यस्ता छन् अन्य सूचक



काठमाडौं । एनआईसी एशिया बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। प्रकाशित विवरण अनुसार ९ महिनासम्ममा बैंकले १ अर्ब ९१ करोड ४८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५२.३१ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ४ अर्ब १ करोड ४९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

laxmi

चैत मसान्तसम्म बैंकले ८ अर्ब १८ करोड ८१ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले ९ अर्ब ९ करोड रुपैयाँ ब्याज आम्दानी गरेको थियो । यस अवधिमा बैंकले कुल सञ्चालन नाफा १० अर्ब ३० करोड रुपैयाँ, सञ्चालन नाफा ३ अर्ब ६२ करोड रुपैयाँ रहेको छ ।

समिक्षा अवधिमा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ७२ करोड ५६ लाख रुपैयाँ ऋणात्मक रहेको छ भने प्रतिशेयर वितरणयोग्य मुनाफा १५ रुपैयाँ ४२ पैसा ऋणात्मक रहेको छ। नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि २९ रुपैयाँ १८ पैसा घटेर १७ रुपैयाँ १२ पैसामा झरेको छ। सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात २२.८५ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २०५ रुपैयाँ ४७ पैसा रहेको छ।

समीक्षा अवधिमा बैंकको चुक्ता पुँजी १४ अर्ब ९१ करोड रुपैयाँ र जगेडा कोष १७ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ । साथै, बैंकले ३ खर्ब २७ अर्ब १६ करोड रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ७७ अर्ब १८ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL