Logo

सांग्रिलाका ग्राहकलाई बंजीमा १५०० रूपैयाँसम्म छुट, सम्झौतामा हस्ताक्षर

सांग्रिलाका ग्राहकलाई बंजीमा १५०० रूपैयाँसम्म छुट, सम्झौतामा हस्ताक्षर



काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र रातोपैरो–१७, पोखरामा स्थित बंजी नेपाल एडभेन्चर प्रा. लि बीच बैंकका ग्राहकहरुलाई बंजी गर्दा सुविधा प्रदान गर्ने उद्देश्यले सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

laxmi

सम्झौतामा बैंकको तर्फबाट पोखरा क्लस्टर प्रमुख रेवन्त श्रेष्ठ र बंजी नेपाल ऐडभेन्चरको तर्फबाट अध्यक्ष सन्तोष भट्टराईले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहक महानुभावले भिषा डेबिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गरी बंजी नेपाल एडभेन्चरमा गई एकल बंजी गर्दा १००० रूपैयाँ र जोडी बंजी गर्दा १५०० रूपैयाँ सम्म सेवामा कर्पोरेट डिस्काउन्ट प्राप्त गर्न सक्नेछन् ।

यस सम्झौताले बैंकमा कार्यरत कर्मचारीहरु तथा ग्राहक महानुभावहरुलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा फाइदा पुग्ने विश्वास बैंकले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL