Logo

लक्ष्मी सन्‌राइज बैंकको आर्थिक वर्ष २०७९-८० को कार्बन उत्सर्जन प्रतिवेदन प्रकाशित

लक्ष्मी सन्‌राइज बैंकको आर्थिक वर्ष २०७९-८० को कार्बन उत्सर्जन प्रतिवेदन प्रकाशित



काठमाडौँ । लक्ष्मी सन्‌राइज बैंकले आफ्नो वातावरणीय उत्तरदायित्वको प्रतिबद्धतालाई सुढृद बनाउँदै आर्थिक वर्ष २०७९-८० सम्मको सवारी साधन कर्जा तथा आवासिय कर्जा अन्तर्गत निष्कासित कार्बन उत्सर्जन प्रतिवेदन सार्वजनिक गरेको छ । बैंक कार्बन एकाउन्टिङ फाइनान्सियल पार्टनरसिप (Partnership for Carbon Accounting Financials – PCAF) सँग २०२१ देखि आवद्व हुँदै आएको छ।

laxmi

PCAF वित्तीय संस्थाहरुको विश्वयापी साझेदारी समूह हो जसले वित्तीय संस्थाहरुको कर्जा र लगानीका क्षेत्रहरु मार्फत उत्सर्जन हुने Green House Gases (GHG) को मुल्याङ्कन र सोको विवरणहरु संकलन र सार्वजनिक गर्ने काम गर्दछ ।

बैंकको प्रकाशित भएको विवरणले बैंकको सवारी साधन कर्जा र आवासिय कर्जा मार्फत गत आर्थिक वर्षसम्म (१६ जुलाई २०२३ सम्म) कुल १५,९६५.११ टन कार्बन डाइअक्साइड इक्विभ्यालेन्ट (tCO2e – tonnes Carbon Dioxide equivalent) उत्सर्जन गरेको देखाएको छ । जसमध्य सवारी साधन कर्जा मार्फत ३,६४४.५१ tCO2e र आवासिय कर्जा मार्फत १२,३२०.६० tCO2e कार्बन उत्सर्जन भएको छ ।

बैंकले आफ्नो कार्बन फुटप्रिन्टको पहिचानसँगै उत्सर्जन गरेको tCO2eको असरलाई न्युनिकरण गर्न पहल अगाडी बढाईसकेको छ । विभिन्न हरित परियोजना (Green Projects) मा लगानी बढाउनुका साथै आफ्ना डिजिटल प्लेटफर्मको पहुँचलाई अझ सुगम र सुढृद बनाउने, पूर्ण-रूपमा डिजिटल बचत खाताहरुको सञ्चालन गर्ने र आफ्ना ग्राहकहरु लाई दिगो अभ्यासहरु गर्न प्रेरित गर्ने लगायतका कार्यहरु गर्दै आएको छ । यसैगरी आगामी दिनहरुमा अन्य वर्गमा भएको लगानीहरुको GHG उत्सर्जनको मूल्यांकन र सार्वजनिक गर्दै थप पर्यावरणमैत्री अभ्यास तथा पहलहरु अघि बढाउने प्रतिवद्वता बैंकको रहेको छ ।

लक्ष्मी सन्‌राइज बैंकको प्रकाशित कार्बन उत्सर्जन विवरण यहाँ हेर्न सक्नुहुनेछ:

प्रतिक्रिया दिनुहोस्
MBL