Logo

महालक्ष्मी विकास बैंकको शेयर लगानीकर्ता लक्षित नयाँ बचत खाता सञ्चालन

महालक्ष्मी विकास बैंकको शेयर लगानीकर्ता लक्षित नयाँ बचत खाता सञ्चालन



काठमाडौं । नयाँ वर्ष २०८१ अवसरमा महालक्ष्मी विकास बैंकले नयाँ खाता सञ्चालनमा ल्याएको छ । शेयर किनबेच गर्ने शेयर लगानीकर्ताहरुलाई सबै सुविधा एकै खाता मार्फत प्रदान गर्ने उद्देश्यका साथ महालक्ष्मी इन्भेष्टर्स शेयर सेभिङ्ग खाता (अल इन वान) सञ्चालनमा आएको हो ।

laxmi

यस खाता अन्तर्गत बचतकर्ताले बचत खाता, डिम्याट खाता, मेरो शेयर, सि–आस्वा तथा टिएमएस खाताको सुविधा एकै खाता मार्फत लिन सक्नेछन् ।

शुन्य मौज्दातमै खोल्न सकिने यस खातामा डिम्याट खाता तथा टिएमएस खाता निशुल्क खोल्नुका साथै मेरो सेयर तथा सि– आश्वा दर्ता गर्न पनि शुल्क लाग्ने छैन । टिएमएस खाताको लागि विभिन्न स्टक ब्रोकर कम्पनीहरुसँग आवश्यक सहकार्य समेत बैंक स्वयंमले नै गर्नेछ ।

यसबाट सेयर लगानीकर्ताहरुको स्टक ब्रोकर कम्पनीहरुसँगको पहुँचमा वृद्धि हुनुका साथै समयको बचत हुने विश्वास बैंकले लिएको छ । बैंकको देशभर १०३ वटा शाखा कार्यालयहरु र करिब ७ लाख ग्राहकहरु रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL