Logo

कुमारी बैंकको नयाँ बर्ष अफर : पीओएस भुक्तानीमा २०८१ रुपैयाँसम्म क्यासब्याक

कुमारी बैंकको नयाँ बर्ष अफर : पीओएस भुक्तानीमा २०८१ रुपैयाँसम्म क्यासब्याक



काठमाडौं । कुमारी बैंकले नयाँ बर्षको अवसरमा क्यासब्याक अफर सार्वजनिक गरेको छ । पीओएस भुक्तानी र अनलाइन कारोबारका लागि डेबिट वा क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकहरुका लागि बैंकले उक्त अफर सार्वजनिक गरेको हो ।

laxmi

अफरअन्तर्गत बैंकका ग्राहकहरुले पीओएस भुक्तानी गर्दा २०८१ रुपैंया वा कारोबार रकमको २५% जुन रकम न्यून हुन्छ उक्त रकम फिर्ता पाउने छन् । साथै, क्युआर भुक्तानी मार्फत कारोबार गर्ने मोबाइल बैंकिङ प्रयोगकर्ताहरूले पनि यो आकर्षक क्यासब्याक अफरको फाइदा उठाउन सक्नेछन् ।

यो योजना २०८१ वैशाख १ गते बिहान ८ः०० बजे देखि राति ११ः५९ बजेसम्म लागु हुने बैंकले जनाएको छ भने तोकिएको समयावधिभित्र कारोबार गर्ने पहिलोे चालिस जना कार्ड प्रयोगकर्ता र पहिलो चालिस जना मोबाइल बैंकिङ प्रयोगकर्ताहरूले क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।

कुमारी बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत राम चन्द्र खनालले यो विशेष अफरप्रति उत्साह व्यक्त गर्दै भने, ‘नयाँ वर्षको शुभारम्भमा हामी हाम्रा ग्राहकहरूलाई यो विशेष क्यासब्याक अफर प्रदान गरेर नयाँ वर्षको शुभकामना व्यक्त गर्न चाहन्छौं । यसले ग्राहकहरुमा डिजिटल भुक्तानी प्रणलीमा आवहद हुन प्रत्साहन गर्नेछ ।’

प्रतिक्रिया दिनुहोस्
MBL