Logo

एक महिनामै साढे ५१ खर्बको विद्युतीय भुक्तानी, कुन माध्यमबाट कति ?

एक महिनामै साढे ५१ खर्बको विद्युतीय भुक्तानी, कुन माध्यमबाट कति ?



काठमाडौं । चालु आर्थिक बर्षको फागुनमा मात्रै भुक्तानीका विभिन्न विद्युतीय माध्यमबाट साढे ५१ खर्ब बढीको भुक्तानी भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार फागुन महिनाभरीमा भुक्तानीका १४ माध्यममार्फत ५१ खर्ब खर्ब ६७ अर्ब ७७ करोड रुपैयाँ बराबरको भुक्तानी भएको हो ।

laxmi

गएको माघ महिनामा यी सबै माध्यमबाट ४५ खर्ब ४ अर्ब रुपैयाँ बराबरको भुक्तानी भएकामा एक महिनामै करिव साढे ६ खर्ब रुपैयाँले बढ्दै साढे ५१ खर्ब रुपैयाँ पुगेको हो ।

यस अवधिमा सबैभन्दा बढी रियल टाइम ग्रस सेटलमेन्ट (आरटिजीएस)मार्फत भएको देखिन्छ । फागुनमा यो माध्यममार्फत मात्रै ६७ हजार ५ सय ४० पटक गरी कुल ३४ खर्ब ५३ अर्ब ७४ करोड रुपैयाँ भुक्तानी भएको देखिन्छ । फागुनमा माघको तुलनामा आरटीजीएसमार्फत भुक्तानी करिव ६ खर्ब ३० अर्ब रुपैयाँले बढेको छ । यस्तै यस अवधिमा धेरै भुक्तानी हुने अर्काे माध्यम भने कनेक्ट आइपीएस छ । यो माध्यममार्फत फागुनमा ४ खर्ब ८३ अर्ब रुपैयाँ बढीको भुक्तानी भएको छ ।

यसै अनुरुप फागुनमा विद्युतीय चेक क्लियरेन्स (इसीसी)मार्फत ४ खर्ब ८० अर्ब, मोबाइल बैंकिङमार्फत २ खर्ब ५१ अर्ब, आइपीएसमार्फत १ खर्ब ८८ अर्ब रुपैयाँ बराबरको भुक्तानी भएको छ ।

यसै अवधिमा इन्टरनेट बैंकिङमार्फत १४ अर्ब ३३ करोड, क्यूआरमार्फत ४२ अर्ब ५६ करोड, वालेटमार्फत २४ अर्ब २ करोड, डेबीट कार्डमार्फत ९१ अर्ब ४८ करोड र एटीएममार्फत ८८ अर्ब रुपैयाँ भुक्तानी भएको छ ।

फागुन महिनामा माघको तुलनामा आइपीएस, क्रेडिट कार्ड, शाखारहित बैंकिङ सेवा र इ कमर्शमार्फत हुने भुक्तानीमा भने गिरावट आएको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL