Logo

ग्लोबल मनी विक–२०२४ को अवसरमा एभरेष्ट बैंकको वित्तीय सारक्षता, ३ हजार बढि बिद्यार्थी लाभान्वीत

ग्लोबल मनी विक–२०२४ को अवसरमा एभरेष्ट बैंकको वित्तीय सारक्षता, ३ हजार बढि बिद्यार्थी लाभान्वीत



काठमाडौं । एभरेष्ट बैंकले सप्ताहव्यापी अभियान अन्तर्गत ‘ग्लोबल मनी विक–२०२४’ को अवसरमा देशभर वित्तीय साक्षरता कार्यक्रमहरु सम्पन्न गरेको छ । नेपाल राष्ट्र बैंकको संयोेजनमा बिगत वर्षमा जस्तै यस वर्ष पनी बैंकले ग्लोबल मनी विक–२०२४ सम्पन्न गरेको हो ।

laxmi

उक्त कार्यक्रम अन्तर्गत बैंकले ७ वटै प्रदेशका विभिन्न शाखा मार्फत विभिन्न स्कुल/क्याम्पसहरुमा वित्तीय साक्षरता कार्यक्रमको आयोजना गरी झण्डै ३ हजार भन्दा बढी विधार्थीहरुमा वित्तीय शिक्षाको महत्व जागरण गराएको छ ।

‘प्रोटेक्ट योर मनी, सेक्युर योर फ्युचर’ भन्ने नाराका साथ सम्पन्न गरिएको उक्त कार्यक्रममा युवाहरुमा वित्तीय ज्ञान, सीप, मनोवृत्ति, वित्तीय समावेशीकरण, बैंकहरुले दिने सेवा र यसमा अपनाउनु पर्ने सावधानीका विषयमा सचेतना गराइएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL