Logo

एनएमबि बैंकद्वारा रक्तदान कार्यक्रम आयोजना, ५० भन्दा बढीले गरे रक्तदान

एनएमबि बैंकद्वारा रक्तदान कार्यक्रम आयोजना, ५० भन्दा बढीले गरे रक्तदान


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

१३ पुसर, काठमाडौं । एनएमबि बैंकले आफ्नो १९ औं वार्षिक उत्सव मनाउने क्रममा बिर्तामोड शाखामा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । उक्त कार्यव्रmमलाई रेडक्रस र रोट्र्याक क्लब आफ बिर्तामोड को सहकार्यमा आयोजना गरिएको थियो ।

बजारमा देखिएको चरम रगत अभावको ध्यान राख्दै बैंकले रक्तदान कार्यक्रमको आयोजना गरिएको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । कार्यक्रममा बैंकका सक्रिय स्वयंसेवक कर्मचारी, ग्राहक, व्यापारीक साझेदार तथा सर्व साधारणहरुले समेत सहभागिता जनाएका छन् । उक्त अवसरमा ५० जना भन्दा बढी आगन्तुकहरुले रक्तदान गरेका थिए ।

कार्यक्रमको सफलता तथा रक्तदान गरी जीवन रक्षाको अमूल्य काममा व्यापक सहभागिता भएको भन्दै रक्तदान गर्ने तथा अन्य सहयोगीहरु प्रति बैंकले
आभार व्यक्त गरेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL