Logo

हाजिरी जमानीमा बैंकरलाई सिआईबीले हिरासत मुक्त गर्यो

हाजिरी जमानीमा बैंकरलाई सिआईबीले हिरासत मुक्त गर्यो



काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) ले हाजिरी जमानीमा थुनामा रहेका १० जना बैंकर थुना मुक्त गरेको छ । थुनामा रहेका १० जनालाई ब्यूरोले प्रारम्भिक अनुसन्धान सकेपछि १७ दिनपछि हारिजी जमानीमा थुनामुक्त गरेको छ ।

laxmi

हिरासतमा रहेका १० जनालाई नै आजदेखि परिवार र बैंकका प्रतिनिधिको रोहबरमा दैनिक हाजिर जमानीमा छोडिएको हो । सिआईबीले अहिले पहिलो चरणको प्रारम्भिक अनुसन्धान सकेर बैंकरहरुलाई छाडेको हो ।

दोस्रो चरणको अनुसन्धानको लागि समय लम्बिने भएको कारण हाजिरी जमानीमा बैंकरलाई हिरासत मुक्त गरेको सिआईबीका प्रवक्ता होबिन्द्र भोगटीले बताए । दोस्रो चरणको हाजिरी अनुसन्धान राष्ट्र बैंकको विज्ञ समूहसहित जारी रहेको उनले बताए । अनुसन्धान अझै केही साता लम्बिने देखिएको छ ।

आज थुनामुक्त भएका १० जना नै भोलीबाट दैनिक बिहान १० बजे सिआईबीमा जाने र साँझ ५ बजे घर फर्कने भोगटी बताउँछन । त्यो अवधिमा सबै जनाले अनुसन्धानलाई सहयोग गर्नुपर्ने छ । अनुसन्धान लामो समय जाने देखिएपछि सरकारी वकिलको राय र अनुसन्धान अधिकृतको तजबिजीमा छोडिएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL