Logo

चैत महिनाका लागि १७ वाणिज्य बैंकको ब्याजदर घट्यो, कर्जाको ब्याजदर पनि घट्दै

चैत महिनाका लागि १७ वाणिज्य बैंकको ब्याजदर घट्यो, कर्जाको ब्याजदर पनि घट्दै



काठमाडौं । चैत महिनाका लागि १७ वाणिज्य बैंकहरुले ब्याजदर घटाएका छन् । बैंक तथा वित्तीय संस्थाहरुले बुधबार सार्वजनिक गरेको तथ्यांक अनुसार २० वाणिज्य बैंकहरुमध्ये एनआइसी एशिया, ग्लोबल आइएमई र प्रभु बैंकबाहेकका सबै बैंकहरुले ब्याजदर घटाएका हुन् । यस अवधिमा एनआइसी एशियाले निक्षेपको ब्याजदर बढाएर ८.५४८ प्रतिशत पुर्याएपनि प्रभु र ग्लोबल आइएमई बैंकले भने फागुन महिनाकै यथावत ब्याजदर तोकेका छन् ।

laxmi

चैतमा ब्याजदर सबैभन्दा बढी घटाउने वाणिज्य बैंकहरुको सूचीको पहिलो स्थानमा कृषि विकास बैंक छ । यो बैंकले फागुनको ब्याजरदरमा चैतमा ०.७७६९ विन्दुले घटाएको छ । बैंकले फागुनमा निक्षेपको ब्याजदर ६.४४३ प्रतिशत रहेकोमा चैतमा घटाएर ५.६६ प्रतिशत पुर्याएको हो । यस्तै यसै अवधिमा नेपाल बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक र राष्ट्रिय वाणिज्य बैंकहरुले निक्षेपको ब्याजदर फागुनको तुलनामा घटाएर समान ७ प्रतिशत कायम गरेका छन् ।

यता प्राइम कमर्सीयल बैंक र सानिमा बैंकले पनि निक्षेपको ब्याजदर घटाएर समान ७.२५ प्रतिशत कायम गरेका छन् ।
यस अवधिमा फागुनकै यथावत ब्याजदर तोकेका प्रभु र ग्लोबल आइएमई बैंकको ब्याजदर क्रमशः ७.५ प्रतिशत र ७.६ प्रतिशत रहेको छ ।

यता एनआइसी एशिया बैंकले वाणिज्य बैंकहरुमध्ये सबैभन्दा बढी ब्याजदर तोकेको छ । फागुनमा ८ प्रतिशत रहेको बैंकको ब्याजदर चैतमा बढ्दै ८.५४८ पुगेको छ ।

चैतका लागि भन्दै कुमारी बैंक, लक्ष्मी सनराइज र सिद्धार्थ बैंकले साविकको ब्याजदरमा ०.५ विन्दुले ब्याजदर घटाएका छन् । यता सबैभन्दा बढी नेपाल एसबीआई बैंकले साविकको ब्याजदरमा ठुलो संकुचन गरेको छ । बैंकको तथ्यांक अनुसार बैंकले साविकको ब्याजदरमा १.०९ प्रतिशत विन्दुले ब्याजदर घटाएको देखिन्छ ।

यसरी चैत महिनाका वाणिज्य बैंकहरुको समग्र ब्याजदर ०.९७२ प्रतिशत विन्दुले घटेको देखिन्छ । हाल वाणिज्य बैंकहरुको निक्षेपको औसत व्याजदर ६.८९ प्रतिशत पुगेको छ । फागुनमा यस्तो ब्याजदर ७.८६२ प्रतिशत थियो । यसरी बैंकहरुले निक्षेपको ब्याजदर घटाउँदा कर्जाको ब्याजदरमा पनि केहि संकुचन हुने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL