Logo

महालक्ष्मी विकास बैंंकले प्रकाशन गर्याे २०८१ सालको भित्तेपात्रो, स्थानीय व्यापार झल्कने तस्विर समावेश

महालक्ष्मी विकास बैंंकले प्रकाशन गर्याे २०८१ सालको भित्तेपात्रो, स्थानीय व्यापार झल्कने तस्विर समावेश



काठमाडौं । महालक्ष्मी विकास बैंकले २०८१ सालको क्यालेन्डर प्रकाशन गरेको छ । आइतबार बैंकले उक्त क्यालेन्डर आफ्नो आधिकारिक वेबसाइटमार्फत प्रकाशन गरेको हो ।

laxmi

बैंकले स्थानीय साना तथा मझौला व्यापारहरू झल्कने तस्विरहरु मार्फत सकारात्मक सन्देश प्रदान गर्दै यस बर्षको क्यालेन्डर प्रकाशन गरी आफ्ना ग्राहकहरु समक्ष ल्याएको हो । उक्त क्यालेन्डरमा विश्व फोटोग्राफी दिवसको अवसर पारेर बैंकले सञ्चालन गरेको ‘बिजचित्र फोटोग्राफी प्रतियोगिता’ मा सहभागी तस्विरहरु मध्येका उत्कृष्ट १२ तस्बिरहरू समावेश गरिएको छ ।

मिति, तिथि, चाडपर्व, दिवस लगायतका विषयमा आफ्ना ग्राहकहरुलाई जानकारी राख्नु बैंकको क्यालेन्डर प्रकाशन र वितरणको मुख्य उद्देश्य रहेको छ । ग्राहकहरुले उक्त क्यालेन्डरको डिजिटल कपी बैंकको आधिकारिक वेवसाइटमार्फत डाउनलोड गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL