Logo

सिटिजन्स बैंकद्वारा क्रसवोर्डर व्यवसायिक भुक्तानी सेवा सुरु, अब भारतीय एपबाट सजिलै भुक्तानी गर्न सकिने

सिटिजन्स बैंकद्वारा क्रसवोर्डर व्यवसायिक भुक्तानी सेवा सुरु, अब भारतीय एपबाट सजिलै भुक्तानी गर्न सकिने



काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले क्रसबोर्डर व्यवसायिक भुक्तानी सुरु गरेको छ । बैंकले आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ सेवा सुबिधाहरु पस्कने उद्धेष्यले फोनपे नेटवर्कसँगको सहकार्यमा क्रसवोर्डर व्यवसायिक भुक्तानी सेवा सुरुवात गरेको हो । उक्त सेवाअन्तर्गत पहिलो चरणमा सिटिजन्स बैंकमार्फत क्यूआर भुक्तानी सेवा लिएका व्यवसायहरुमा कारोवार गर्दा भारतीय एपमार्फत भुक्तनी गर्न सकिने भएको छ ।

laxmi

हाललाई यस्तो सेवा भारतीय एप भिम र फोनपे एपमार्फत नेपाल स्थित सिटिजन्स बैंकका फोनपे क्यूआरमार्फत गर्न सकिने भएतापनि भविष्यमा बैंकको मोबाइल बैंकिङ्ग एपमार्फत भारतमा समेत कारेवार गर्न मिल्ने व्यवस्था गर्न लागिएको बैंकले जानकारी दिएको छ । यसका साथै सिटिजन्स बैंककै मोबाइल बैकिंङ्ग प्रयोग गरि भारतमा र भारतबाट सिटिजन्स बैंकका खातामा समेत रकमान्तर गर्न मिल्ने गरि कार्य भइरहेको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL