Logo

महालक्ष्मी विकास बैंक नेप्सेद्वारा जारी संगठित संस्थाको वर्गिकरणमा ‘ ए’ वर्गमा पर्न सफल

महालक्ष्मी विकास बैंक नेप्सेद्वारा जारी संगठित संस्थाको वर्गिकरणमा ‘ ए’ वर्गमा पर्न सफल



काठमाडौं । महालक्ष्मी विकास बैंकलाई नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले संगठित संस्थाको वर्गिकरणमा ‘ए’ वर्गमा राखेको छ । नेप्सेले बिहीबार एक सूचना जारी गर्दै बैंक उक्त वर्गमा वर्गिकरण भएको बताएको हो ।

laxmi

धितोपत्र सुचीकरण विनियमावली २०७५ को विनियम ११ बमोजिम चुक्ता पुँजी कम्तीमा एक अर्ब रुपैयाँ भएको, धितोपत्र सूचीकरण गराएको कम्तीमा ३ वर्ष पुरा भएको, विगत तीन आर्थिक वर्ष लगातार नाफामा रही लाभाशं वितरण गरेको, क्रेडिट रेटिङ्ग संस्थाबाट औसत वा सो भन्दा माथिको रेटिङ प्राप्त गरेको, नियमनकारी निकायले तोकेको ढाँचामा वित्तीय विवरण पेश गरेको तथा आर्थिक वर्ष समाप्त भएको ६ महिना भित्र वार्षिक साधारण सभा सम्पन्न गरेको संस्थाहरु ‘ए’ वर्गमा पर्ने ब्यवस्था रहेको र सोही बमोजिम महालक्ष्मी विकास बैंक ‘ए’ वर्गमा पर्न सफल भएको छ ।

विगत २८ वर्ष बैंकिङ सेवा प्रदान गर्दै आएको बैंकको देशभर १०३ शाखा कार्यालयहरु र करिब ७ लाख ग्राहकहरु रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL