Logo

इन्भेष्टमेन्ट मेगा बैंकको ऋणपत्र आजदेखि बिक्री खुला, वार्षिक १० प्रतिशत ब्याजदर दिने

इन्भेष्टमेन्ट मेगा बैंकको ऋणपत्र आजदेखि बिक्री खुला, वार्षिक १० प्रतिशत ब्याजदर दिने



काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ऋणपत्र आज मंगलबारदेखि निष्कासन तथा बिक्री खुला भएको छ । ४ अर्ब ४ करोड रुपैयाँ बराबरको प्रतिइकाइ १ हजार रुपियाँको दरमा ४० लाख ४० हजार इकाइ ऋणपत्र जारी गरेको हो । आवेदकले न्यूनतम २५ इकाइदेखि अधिकतम १० लाख इकाइसम्म आवेदन दिन सक्नेछन् ।

laxmi

जारी इकाइमध्ये १६ लाख १६ हजार इकाइ बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ । बाँकी २४ लाख २४ हजार इकाइ भने सर्वसाधारणका लागि खुला भएको हो । यसमध्ये ८० हजार ८०० कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ ।

नेपाल इन्भेष्टमेन्ट मेगाले १० वर्ष अवधिको ‘१० प्रतिशत एनआईएमबी डिबेन्चर २०९०’ जारी गरेको हो । यसमा वार्षिक १० प्रतिशत ब्याजदर दिने बैंकले जनाएको छ । यसको बिक्री प्रबन्धकमा प्रभु क्यापिटलले रहेको छ । यस ऋणपत्रमा छिटोमा फागुन ४ गतेसम्म आवेदन दिन पाइनेछ । उक्त समयसम्म सबै ऋणपत्र बिक्री नभएमा फागुन १५ गतेसम्म म्याद थपिनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL