Logo

भदौं १२ बाट सूर्योदय लघुवित्तको साधारण सेयर, हेर्नुहोस कहाँ–कहाँबाट भर्न सकिन्छ ?

भदौं १२ बाट सूर्योदय लघुवित्तको साधारण सेयर, हेर्नुहोस कहाँ–कहाँबाट भर्न सकिन्छ ?


बिजखबर संवाददाता
54
Shares

काडमाडौं । सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडले भदौ १२ गतेबाट साधारण सेयर जारी गर्ने भएको छ । कम्पनीले आज एक सुचना प्रकाशित गर्दै १ सय रुपैयाँ अंकित दरका १ लाख २० हजार कित्ता सेयर सर्वसाधारणका लागि जारी गर्न लागेको हो । जस अनुसार सूर्योदयले १ करोड २० लाख रुपैयाँ बराबरको साधारण सेयर निष्काशन गर्ने भएको छ ।

उक्त सेयर निष्काशनसँगै कम्पनीको चुक्ता पूँजी ४ करोड रुपैयाँ पुग्नेछ । कम्पनीले निष्कासन गर्न लागेकोमध्ये कुल सेयरमध्ये ६ हजार कित्ता सामूहिक लगानी कोष र ४ हजार ८ सय कित्ता कम्पनीका कर्मचारीहरुलाई छुट्याएको छ ।

सो सेयरका लागि न्यूनतम ५० कित्तादेखि अधिकतम १ हजार कित्ताका लागि आवेदन सकिने छ । कम्पनीको सेयर निष्कासन तथा विक्री प्रबन्धकमा ग्लोबल आइएमइ क्यापिटल छ । सो कम्पनीको सेयर ग्लोबल आइएमई क्यापिटल, सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेड र उसका रानीकुवा, लमजुङ्, मल्लाज र पर्वत शाखा, ग्लोबल आइएमई बैंकको उपत्यकाका कान्तिपथ, पुल्चोक, नखु, सिनामंगल, सुकेधारा, सूर्यविनायक र बनस्थली शाखा बाट आवेदन दिन सकिनेछ ।

यसैगरि उपत्यका बाहिर विराटनगर, नेपालगंज, पोखराको न्यूरोड, हेटौडा र विर्तामोड र ज्योति विकास बैंकका केही शखाहरुबाट पनि आवेदन गर्न सकिने कम्पनीले जनाएको छ ।

पुतली बजार स्यांजामा कार्यालय रहेको संस्थाले २४ शाखामार्फत विभिन्न दश जिल्लामा सेवा दिदै आएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL