Logo

गभर्नर अधिकारीको मुद्दामा अन्तरिम आदेश दिन सर्वोच्चको अस्वीकार, काम गर्न बाटो खुला

गभर्नर अधिकारीको मुद्दामा अन्तरिम आदेश दिन सर्वोच्चको अस्वीकार, काम गर्न बाटो खुला



काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको शैक्षिक योग्यताको विषयमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । बिहीबार गभर्नर अधिकारीको शैक्षिक योग्यता नपुगेको भन्दै उनलाई निलम्बनको अन्तरिम आदेश माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको थियो ।

laxmi

तर आज (शुक्रबार) न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासले सुनुवाइ दुबै पक्षको कुरा सुनेर मात्र निर्णय लिने भन्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । गभर्नर अधिकारीले सीए मात्र उत्तिर्ण गरेको र उक्त योग्यताले गभर्नर हुन नमिल्ने भन्दै सर्वोच्चमा रिट दायर भएको थियो ।

तर अधिकारीले आफ्नो सीए अध्ययनलाई त्रिभुवन विश्वविद्यायलयबाट एम कम (स्नातकोत्तर) सरहको समकक्षता लिएका छन् । यसअघि पनि यस्तै प्रकृतिको मुद्दामा राष्ट्र बैंकका संचालक वालकृष्ण मान सिंहले क्लिन चीट पाईसकेको र अहिले पनि गभर्नर अधिकारीको विषयमा सोही प्रकृतिको मुद्दा दायर भएकाले यस विषयमा उनलाई कुनै असर नपर्ने सम्बद्ध कानूनविद्हरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL