Logo

क्यासवे मनी ट्रान्सफरको कारोबार बन्द, ३५ दिनभित्र लेनदेनको जानकारी दिन अनुरोध

क्यासवे मनी ट्रान्सफरको कारोबार बन्द, ३५ दिनभित्र लेनदेनको जानकारी दिन अनुरोध



काठमाडौं । नेपाल राष्ट्र बैंकले क्यासवे मनी ट्रान्सफरको कारोबार बन्द गरेको छ । राष्ट्र बैंकले मंगलबार एक सूचना जारी गर्दै विप्रेषण विनियमावली २०७९ को विनियम ३१, उपविनियम १ बमोजिम कम्पनीको कारोबार बन्द गर्न लागेको बताएको हो ।

laxmi

राष्ट्र बैंकले उक्त कम्पनीको कारोबार बन्दको पूर्वस्वीकृति दिन लागेकाले यसको जानकारी सम्बन्धीत सरोकारवालाहरुमा पुर्याएको हो ।

यस्तै कम्पनीसँग कुनै संघसंस्थाको लेनदेन भए ३५ दिनभित्र विदेशी विनिमय विभागमा जानकारी दिन अनुरोधसमेत राष्ट्र बैंकले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL