Logo

ज्योति विकास बैंकको कामु सीइओमा कपिल ढकाल, यस्तो छ बैंकिङ अनुभव

ज्योति विकास बैंकको कामु सीइओमा कपिल ढकाल, यस्तो छ बैंकिङ अनुभव



काठमाडौं । ज्योति विकास बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा कपिल ढकाल नियुक्त भएका छन् । बैंकको आईतबार बसेको संचालक समितिको बैठकले प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्टले दिएको राजीनामा स्वीकृत गर्दै कामु सीइओको जिम्मेवारी ढकाललाई दिएको हो ।

laxmi

उनी यसअघि बैंकको नायब प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा रहेका थिए । उनी सोमबारदेखि नै लागु हुने गरी कामु सीइओ नियुक्त भएका हुन् । यसअघि उनले एनआईसी एशिया, हाम्रो विकास बैंकलगायतका बैंकको माथिल्लो पदमा बसेर काम गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL