Logo

शोधनान्तर स्थितीमा उच्च सुधार, विदेशी मुद्रा सञ्चिति बढेर १६ खर्ब ४३ करोड पुग्यो

शोधनान्तर स्थितीमा उच्च सुधार, विदेशी मुद्रा सञ्चिति बढेर १६ खर्ब ४३ करोड पुग्यो



काठमाडौं । चालु आर्थिक बर्षको पहिलो ३ महिनामा शोधनान्तर स्थितीमा उच्च सुधार आएको छ । गत आर्थिक बर्षको पहिलो ३ महिनामा १२ अर्ब ४३ करोड रुपैयाँ बचतमा रहेको शोधनान्तर स्थिती चालु आवको पहिलो ३ महिनामा सुधार हुँदै ९९ अर्ब ७ करोड रुपैयाँले बचतमा पुगेको हाे ।

laxmi

नेपाल राष्ट्र बैंकका अनुसार यस अवधिमा अमेरिकी डलरमा पनि शोधनान्तर स्थितीमा उच्च सुधार भएको छ । जसअनुसार अघिल्लो वर्ष पहिलो ३ महिनामा ९ करोड १८ लाख डलरले बचतमा रहेको शोधनान्तर स्थिति चालु आवको सोही अवधिमा सुधार हुँदै ७४ करोड ७२ लाख डलरले बचतमा रहेको छ ।

यस्तै यस अवधिमा चालु खाता पनि बचतमा रहेको राष्ट्र बैंकले जानकारी दिएको छ । गत आर्थिक बर्षको पहिलो ३ महिनामा ३५ अर्ब २४ करोड रुपैयाँ ले घाटामा रहेको चालु खाता यो बर्षको सोही अवधिमा सुधार हुँदै पछिल्लो ५९ अर्ब ९ करोड रुपैयाँले बचतमा पुगेको हो ।

चालु आवको पहिलो ३ महिनामा विदेशी मुद्रा संचितिमा पनि सुधार हुँदै १६ खर्ब ४३ अर्ब रुपैयाँ पुगेको छ । गत आर्थिक बर्षको अन्तिमसम्म अर्थात २०८० असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६

करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ३ महिनामै ६.७ प्रतिशतले बढेको हो । राष्ट्र बैंकका अनुसार कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८० असार मसान्तमा १३ खर्ब ४५ अर्ब ७८ करोड रुपैयाँ रहेकोमा २०८० असोज मसान्तमा ६.५ प्रतिशतले वृद्धि भई १४ खर्ब ३३ अर्ब ३६ करोड रुपैयाँ पुगेको छ ।

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंक बाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८० असार मसान्तमा १ खर्ब ९३ अर्ब ५९ करोड रहेकोमा २०८० असोज मसान्तमा ८.३ प्रतिशतले वृद्धि भई २ खर्ब ९ अर्ब ७३ करोड रुपैयाँ कायम भएको छ ।

यता समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर ५५.६ प्रतिशतले कमी आई १ अर्ब १५ करोड रुपैयाँ कायम भएको छ । खुद प्रत्यक्ष वैदेशिक लगानी ३ अर्ब ३७ करोड रुपैयाँले धनात्मक रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर २ अर्व ५९ करोड रुपैयाँ कायम भएको थियो । गत वर्ष खुद प्रत्यक्ष वैदेशिक लगानी ७ करोड ९६ लाखले धनात्मक रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL