Logo

२०.१८ प्रतिशतले बढ्यो माछापुच्छ्रे बैंकको नाफा, यस्ता छन् अन्य सूचक

२०.१८ प्रतिशतले बढ्यो माछापुच्छ्रे बैंकको नाफा, यस्ता छन् अन्य सूचक



काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। प्रकाशित विवरण अनुसार बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा २०.१८ प्रतिशत बढेर ५४ करोड २२ लाख ३९ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ४५ करोड ११ लाख ८३ हजार रुपैयाँ खुद नाफा गरेको थियो ।

laxmi

चालु आर्थिक वर्षको असोज मसान्तसम्म बैंकको खुद ब्याज आम्दानी ३.९५ प्रतिशत घटेर १ अर्ब ४१ करोड २२ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अर्ब ४७ करोड ३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

बैंकको खुद फि तथा कमिशन आम्दानी ४.४० प्रतिशत घटेर ३० करोड २५ लाख रुपैयाँ, कुल सञ्चालन आम्दानी ४.७४ प्रतिशत घटेर १ अर्ब ८० करोड २२ लाख रुपैयाँ, सञ्चालन मुनाफा २१.६५ प्रतिशत बढेर ७८ करोड ३५ लाख रुपैयाँ र वितरणयोग्य मुनाफा २ करोड ८५ लाख रुपैयाँ रहेको छ ।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ। बैंकको यस्तो आम्दानी ३.१३ रुपैयाँ बढेर १८.६६ रुपैयाँ पुगेको छ । बैंकको मूल्य आम्दानी अनुपात ११.०९ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १४२.७७ रुपैयाँ रहेको छ ।

समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी ११ अर्ब ६२ करोड १३ लाख रुपैयाँ, जगेडा कोषमा ४ अर्ब ९७ करोड ७ लाख रुपैयाँ रहेको छ । यस अवधिमा बैंकको निक्षेप संकलन ३.४५ प्रतिशत घटेर १ खर्ब ४८ अर्ब ८५ करोड रुपैयाँ र कर्जा ३।४४ प्रतिशत बढेर १ खर्ब ३० अर्ब ४७ करोड रुपैयाँ पुगेको छ ।

असोज मसान्तसम्म बैंकको खराब कर्जा १.३ प्रतिशतबाट बढेर २.५६ प्रतिशत पुगेको छ । साथै बैंकको कर्जा निक्षेप अनुपात ८३.५६ प्रतिशत र आधार दर १०.०१ प्रतिशत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL