Logo

तिहारको लागि असर्फी र सिक्का बिक्री गर्दै राष्ट्र बैंक, कहिलेसम्म किन्न पाइन्छ ?

तिहारको लागि असर्फी र सिक्का बिक्री गर्दै राष्ट्र बैंक, कहिलेसम्म किन्न पाइन्छ ?



काठमाडौं । नेपाल राष्ट्र बैंकले तिहारका लागि लक्षित गर्दै सुनको असर्फी र चाँदीको (मेडालियन) सिक्का बिक्री गर्ने भएको छ ।

laxmi

राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभाग अन्तर्गतको टक्सार महाशाखाले १९ कात्तिकदेखि २४ कात्तिकसम्म सुनका असर्फी र चाँदीको सिक्का बिक्री गर्ने तयारी गरेको हो ।

राष्ट्र बैंकले १० ग्राम, ५ ग्राम र २.५ ग्रामको सुनको असर्फी बिक्री गर्ने भएको छ । सुनको असर्फीको मूल्य हरेक दिन बिहान ११ बजे प्रकाशित हुने राष्ट्र बैंक श्रोतले जानकारी दियो । यस्तै चाँदीको मेडालियन सिक्का पनि १२५ ग्राम र १० ग्रामको रहेको छ ।

चाँदीको २५ ग्रामको सिक्कामा गाईको चित्र अंकित रहेको छ । यस्तै १० ग्रामको सिक्कामा भने गाई, लक्ष्मी, गणेश, र गजलक्ष्मी अंकित रहेको छ ।

चाँदीको २५ ग्रामको सिक्काको मूल्य ४ हजार र १० ग्रामको सिक्काको १ हजार ६ सय रुपैयाँ मूल्य तोकिएको छ । राष्ट्र बैंकले १९ देखि २४ कात्तिकसम्म बिहान ११ देखि दिउँसो ३ बजेसम्म उक्त सिक्का खरिद गर्न सकिने जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL