Logo

उद्योगी व्यवसायी मैत्री राष्ट्र बैंकको नीति : ब्याज फरक २ प्रतिशतभन्दा माथि गर्न नपाईने, जथाभावी धितो लिलामीमा कडाई

उद्योगी व्यवसायी मैत्री राष्ट्र बैंकको नीति : ब्याज फरक २ प्रतिशतभन्दा माथि गर्न नपाईने, जथाभावी धितो लिलामीमा कडाई



काठमाडौं । नेपाल राष्ट्र बैंकले उद्योग व्यवसाय मैत्री नीति लिएको छ । राष्ट्र बैंकले आफ्नो नीति तर्जुमा गर्दा बैंक तथा वित्तीय क्षेत्रलाई मात्रै प्रश्रय दिइरहेको आरोप लागिरहँदा बिहीबार एकिकृत निर्देशन सार्वजनिक गर्दै उद्योग व्यवसाय विस्तारलाई सहयोग गर्ने नीति अबलम्बन गरेको हो ।

laxmi

यसअघि उद्योगी व्यवसायीले आधारदरमा शुन्यदेखि ५ प्रतिशत विन्दुसम्म प्रिमियम जोड्न दिने व्यवस्थाका कारण साना मझौता तथा बैंकमा पहुँच नहुने ऋणीहरु मर्कामा परेको बताउँदै आएका थिए । उक्त व्यवस्था अनुरुप बैंकहरुले कर्जा प्रबाह गर्दा आधार दरमा शुन्यदेखि ५ प्रतिशतसम्म ग्राहक हेरेर प्रिमियम थप गर्ने गरेका थिए । तर अबका दिनमा बैंकले कुनै पनि समान प्रकृतिका कर्जा प्रबाह गर्दा २ प्रतिशत विन्दुभन्दा बढीले फरक गर्ने पाउने छैन ।

उदाहरणका लागि अहिले कुनै पहुँचवाला ऋणीलाई बैंकले आधारदमै कर्जा दिएको थियो भने सामान्य ऋणीलाई २ प्रतिशत विन्दुभन्दा बढीले प्रमियम जोड्न पाउने छैन । यदि कुनै ग्राहकलाई ३ प्रतिशत प्रिमियम जोड्ने हो भने पहुँचवाला ग्राहकको पनि १ प्रतिशत विन्दुले प्रिमियम जोड्नुपर्ने हून्छ ।

पछिल्लो समय उद्योग व्यवसाय क्षेत्रमा देखिएको समस्या समाधान गर्नकै लागि राष्ट्र बैंकले नयाँ नीति अबलम्बन गरेको नेपाल राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्ट बताउँछन् । ‘उद्योग व्यवसायमा देखिएको समस्या समाधान गर्दै अर्थतन्त्र चलायमान गर्ने उद्देश्यले राष्ट्र बैंकले आफ्नो नीतिमा धेरै फेरवदल गरेको छ,’ उनले भने, ‘साथै राष्ट्र बैंकको नयाँ व्यवस्थाले अबका दिनमा बैंकहरुले आफखुशी ऋणीको कर्जा लिलामी गर्न पनि रोकिनेछ ।’ धितो लिलामीको सम्बन्धमा बैंकहरुले राष्ट्र बैंकमा रिपोर्टिङ गर्नुपर्ने व्यवस्था थप गरिदिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL