Logo

गरिमा विकास बैंकका ग्राहकले विदेशबाट पनि मोबाइल बैकिङ सुचारु गर्न मिल्ने

गरिमा विकास बैंकका ग्राहकले विदेशबाट पनि मोबाइल बैकिङ सुचारु गर्न मिल्ने



काठमाडौँ । विदेशमा रहेका नेपालीहरुका लागि गरिमा विकास बैंकले मोबाइल बैकिङ सेवालाई स्तरोन्नति गरेको छ । नेपालस्थित आफ्नो बैंक खातासम्मको पहुँच पुर्‍याउनका लागि यो सेवा उपलब्ध गराइएको हो ।

laxmi

अब विदेशमा बसेर बैंकमार्फत मोबाइल बैकिङ सेवा लिन चाहने ग्राहकहरूले बैंकले तोके बमोजिमका कागजातहरू पुरा गरी यो सेवा लिन सक्नेछन् । साथै, यो सुविधा लिने ग्राहकले गरिमा विकास बैंकको वेब बैकिङ पनि सजिलै चलाउन सक्नेछन् ।

बैंकले कहिले पनि फोन गरेर वा अरू माध्यमबाट आफ्ना ग्राहकको बैकिङ विवरण नमाग्ने जानकारी दिँदै फोनकल वा मेसेजको भरमा आफ्नो व्यक्तिगत बैकिङ विवरण अरूलाई नबाँड्न आग्रह समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL