Logo

Global_Ime

लाभांश पारित गर्न दुई बैंकले बोलाए साधारण सभा, बुक क्लोज कहिले ?

लाभांश पारित गर्न दुई बैंकले बोलाए साधारण सभा, बुक क्लोज कहिले ?



काठमाडौं । लाभांश पारित गर्न दुई बैंकले साधारण सभा बोलाएका छन । एभरेष्ट बैंक र सानिमा बैंकले गत आर्थिक वर्षको नाफाबाट वितरण गर्न लागेको लाभांश पारित गर्न साधारण सभा बोलाएका हुन । एभरेष्ट बैंकले असोज ३० गते मंगलबार लैनचौर ब्याङ्कवेट, काठमाडौँमा २९ औँ वार्षिक साधारण सभा बोलाएको छ । साधारण सभा बिहान ११ बजे सुरु हुने बैंकले जानकारी दिएको छ ।

Laxmi_sunrise
Kumari

बैंकको सभाले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थसहित १०.५३ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । साधारण सभा प्रयोजनार्थ एभरेष्ट बैंकले असोज १६ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार असोज १५ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।

यसैगरी, सानिमा बैंकले लाभांश पातिर गर्न कात्तिक २ गते, बिहीबार १९ औँ वार्षिक साधारण सभा डाकेको छ । यस बैंकको सभाले हाल कायम चुक्ता पूँजीको ९ प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ सहित गरी ५.७० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । बैंकको साधारण सभा कुण्डलिनी दरबार ब्याङ्गवेट, चण्डोल, काठमाडौँमा बिहान ११ बजे सुरु हुनेछ । साधारण सभा प्रयोजनार्थ बैंकले असोज २२ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ ।

यसअनुसार असोज २१ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् । त्यसैगरी, दुबै बैंकले सभाले संस्थापक सेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा नियुक्त भएका सञ्चालकको नियुक्ति अनुमोदन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछन ।

प्रतिक्रिया दिनुहोस्
Ghorai
MBL
NTC