Logo

नेपाल बैंकमा नयाँ सञ्चालक समिति, सोमबार पद वहाली

नेपाल बैंकमा नयाँ सञ्चालक समिति, सोमबार पद वहाली


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

७ पुस, काठमाडौं । नेपाल बैंक लिमिटेडमा नयाँ संचालक समिति चयन भएको छ । नेपाल राष्ट्र बैंक ब्यबस्थापनबाट अलग भएपछि बैंकमा नयाँ संचालक समिति चयन भएको हो ।
मंसिर २८ गते सम्पन्न बिशेष साधारणसभा पछि चुनिएको नयाँ संचालक समितिले सोमबार पद बहाली गरेको हो ।

संचालक समितिको अध्यक्षमा अर्थ मन्त्रालयका सह–सचिव मधुसुदन पोखरेल रहेका छन् । उनको नेतृत्वमा गठित नयाँ सञ्चालक समितिमा तीन जना नेपाल सरकारबाट मनोनित छन् भने दुई जना सर्वसाधारण शेयरधनीहरुको तर्फबाट निर्वाचित भएका हुन ।

पोखरेल बाहेक नेपाल सकारकार तर्फबाट जनार्दन शर्मा आचार्य र डा. डम्वरबहादुर भण्डारी सञ्चालक समिति सदस्य चयन भएका छन् । यसैगरी, सर्वसाधारण सेयरधनीहरुको तर्फबाट निश्चल प्रधान र सुरेन्द्र्रबहादुर सिंह संचालक समिति सदस्य चयन भएका छन् ।

नेपाल राष्ट्र बैंक धरासायी हुने अबस्था सिर्जना भएपछि नेपाल राष्ट्र बैंकले २०५८ चैत १ गतेदेखि ब्यबस्थापन आफ्नो जिम्मामा लिएर सुधारका कदम अगाडी बढाएको थियो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL