Logo

५० लाख रूपैयाँसम्मको सेयर र रियल स्टेट कर्जामा मात्रै औसत जोखिम भार घट्ने, ठूला कर्जामा १५० नै कायम

५० लाख रूपैयाँसम्मको सेयर र रियल स्टेट कर्जामा मात्रै औसत जोखिम भार घट्ने, ठूला कर्जामा १५० नै कायम



काठमाडौं । नेपाल राष्ट्र बैंकले ५० लाख रुपैयाँसम्मको सेयर तथा रियल स्टेट कर्जाको मात्रै औसत जोखिम भार घट्ने बताएको छ । आईतबार मौद्रिक नीतिसम्बन्धि पत्रकारसँगकाे छलफल कार्यक्रममा बोल्दै राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले यस्तो बताएका हुन् ।

laxmi

यसअघि मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकले सेयर, रियल स्टेट र हायरपर्चेज कर्जाको औसत जोखिम भार पुनरावलोकन गर्ने बताएको थियो ।

२ बर्ष अघि राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत २५ लाखभन्दा सानो सेयरधितो कर्जामा १ सय प्रतिशत जोखिम भार लाग्ने व्यवस्था गरेको थियो ।

यसपल्टको मौद्रिक नीतिमार्फत राष्ट्र बैंकको प्रारम्भिक बैठकले उक्त थ्रेसहोल्डलाई विस्तार गरेर ५० लाख रुपैयाँसम्मको कर्जामा उक्त जोखिम भार लाग्ने व्यवस्था गरिएको गभर्नर अधिकारीले बताए । यसका लागि केहि समयमै चाँडोभन्दा चाँडो सर्कुलर पनि जारी गर्ने उनको भनाई छ ।

यस्तै रियल स्टेटममा पनि नियमअनुसार सरकारबाट अनुमति लिएर आवासिय घर निर्माण गर्ने संस्था वा कम्पनीहरुलाई मात्रै जोखिम भार १ सय ५० को सट्टा १ सय प्रतिशत लाग्ने व्यवस्था गर्न लागेको उनले बताए । यसबाहेकका अन्य कम्पनी वा संस्थालाई भने १ सय ५० प्रतिशत नै जोखिम भार लाग्ने उनले बताए । यस्तो जोखिम भार सबै प्रकारका रियल स्टेटमा लागू नहुने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL