Logo

Global_Ime

राष्ट्रिय वाणिज्य बैंकको ६४ औं एक्सटेन्सन काउन्टर प्रहरी प्रधान कार्यालय नक्सालमा

राष्ट्रिय वाणिज्य बैंकको ६४ औं एक्सटेन्सन काउन्टर प्रहरी प्रधान कार्यालय नक्सालमा



काठमाडौं । राष्ट्रिय वाणिज्य बैकले प्रहरी प्रधान कार्यालय नक्साल परिसरमा आफ्नो ६४औं एक्सटेन्सन काउन्टरको संचालनमा ल्याएको छ । प्रहरी महानिरीक्षक बसन्तबहादुर कँुवरले एक समारोहका बीच एक्सटेन्सन काउन्टरको मंगलबार उद्घाटन गरेका हुन् । शाखा कार्यालय नक्साल मार्फत रहने सो एक्सटेन्सन काउन्टरबाट नगद/चेक जम्मा, चेक भुक्तानी, स्टेटमेन्ट, मोवाइल बैंकिङ्ग सेवा, एटिएम सेवा लगायतको रकम जम्मा गर्न सकिने छ ।

Laxmi_sunrise
KBL

कार्यक्रममा प्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरी र बैंकबीचको लामो समयदेखिको सहकार्यको प्रशंसा गर्दै एक्सटेन्सन काउन्टरबाट प्रहरीहरुलाई बैंकिङ सेवा लिन थप सहज हुने बताए । बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले सबै ग्राहकले सेवा लिन सकिने एक्सटेन्सन काउन्टरबाट धेरै प्रकारका बैंकिङ सेवा दिने बताउँदै नेपाल प्रहरीसँगको सहकार्यका लागि आभार व्यक्त गरे ।

उनले बैंकको बेसरेट सस्तो भएकाले कर्जाको ब्याजदर कम भएको बताउँदै प्रविधिमा आधारित सेवालाई बैंकले जोड दिएको बताए ।

उपकार्यकारी अधिकृत पवन रेग्मीले स्वागत मन्तब्य व्यक्त गरेको कार्यक्रममा ब्रान्च अपरेशन विभागका विभागीय प्रमुख आनन्द सुवेदीले कार्यक्रम सञ्चालन गरेका थिए । सो अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षकहरु डा. आशा सिंह, टेकप्रसाद राई, दिपक थापा, सुदिप गिरी, टेकबहादुर तामाङ, बैकका नायब प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनाल, उपकार्यकारी अधिकृतहरु, बागमती प्रादेशिक कार्यालयका प्रबन्धक, शाखा कार्यालय नक्सालका शाखा प्रबन्धक लगायत बरिष्ठ प्रहरी अधिकृतहरु तथा बैंकका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

बैंकको हाल ७ प्रदेश, ७७ जिल्लाका सबै सदरमुकाममा सहित २ सय ७२ वटा शाखा कार्यालय, ६४ वटा एक्सटेन्सन काउन्टर, २ सय ६९ वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङसेवामार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
Sagarmatha_cement
MBL
NTC