Logo

सनराइज बैंकको नयाँ सुविधा, अब बैंकसम्म नगई नगद तथा चेक जम्मा गर्न सकिने

सनराइज बैंकको नयाँ सुविधा, अब बैंकसम्म नगई नगद तथा चेक जम्मा गर्न सकिने



काठमाडौं । सनराइज बैंकले मेसिनबाटै सोझै ग्राहकले नगद तथा चेक आफ्नो खातामा जम्मा गर्न सक्ने सेवाको सुरुवात गरेको छ । बिहीबार एक कार्यक्रमको आयोजना गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले उक्त नयाँ सेवाहरुको उद्घाटन गरेका हुन् ।

laxmi

बैंकले नविनतम् सेवा सुबिधा दिने उद्देश्यका साथ ग्राहकहरुलाई बैंकमा रहेको आफ्नो वा अन्य ग्राहकको खातामा नगद रकम जम्मा गर्न क्यास डिपोजिट मेशिन संचालनमा ल्याएको हो । यस सेवा अन्तर्गत ग्राहकहरूले बैंक कर्मचारीको सहयोग बिनै कुनै भौतिक फारम नभरी केबल खाता नम्बरको आधारमा मेसिनबाट सोझै नगद जम्मा गर्न सक्ने छन् र त्यस्तो रकम तुरुन्तै ग्राहकको खातामा जम्मा समेत हुन्छ ।

यसै गरीे कियोस्क मेसिनको प्रयोग गरी ग्राहकहरूले कुनै पनि समयमा बैंक कर्मचारीको सहयोग बिनै आफै क्लियरिङ चेक जम्मा गर्न सक्नेछन् । चेकहरू ग्राहकहरूको आवश्यकता तथा छनौट अनुसार सामान्य वा एक्सप्रेस क्लियरिङ अन्तर्गत जम्मा हुनेछ । साथै ग्राहकहरुले खाता मौज्दात, खाताको जानकारी, मिनी स्टेटमेन्ट र स्टेटमेन्ट प्रिन्ट पनि यसै कियोस्क मसिनबाट प्राप्त गर्न सक्नेछन् ।

बैंकले क्यास डिपोजिट मेशिन सेवा हालको लागि आफ्नो गैरीधारा शाखामा र चेक डिपोजिट कियोस्क सेवा गैरीधारा तथा न्युरोड शाखामा सञ्चालनमा ल्याएको छ र यी सेवाहरुलाई निकट भविष्यमा अन्य शाखाहरूमा समेत विस्तार गर्ने योजना बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL