Logo

Global_Ime

कामना सेवा विकास बैंकद्वारा वित्तीय कार्यक्रम सम्पन्न, लिटल मिस एन्जल २०२३ का ३४ बढी बालबालिका सहभागी

कामना सेवा विकास बैंकद्वारा वित्तीय कार्यक्रम सम्पन्न, लिटल मिस एन्जल २०२३ का ३४ बढी बालबालिका सहभागी



काठमाडौं । कामना सेवा विकास बैंकले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकको भोटाहिटी शाखा द्वारा कलश इभेन्टस्सँगको सहकार्यमा बिहीबार राष्ट्रिय नाचघरमा उक्त वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरिएको हो ।

Laxmi_sunrise
KBL

बैंकले लिटल मिस एन्जल २०२३ का सहभागीहरु र उनीहरुका अभिभावकहरुलाई सुरक्षित र ऋणमुक्त भविष्य सुनिश्चित गर्दै सही वित्तीय निर्णयहरू गर्न शिक्षित र सशक्त बनाउने योजनाका साथ यो कार्यक्रमको आयोजना गरिएको हो । उक्त कार्यक्रममा ३५ भन्दा बढी सहभागी बाल बालिकाहरु र उनीहरुका अभिभावकहरुको सहभागीता रहेको थियो ।

बैंकका कर्मचारीद्वारा उक्त कार्यक्रममा सहभागीहरुलाई वित्तीय व्यवस्थापन, बचत र खर्चको व्यवस्थापन, डिजिटल बैंकिङ, डिजिटल बैंकिङमा अपनाउनु पर्ने सर्तकता लगायतका विषयमा साक्षरता प्रदान गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
Sagarmatha_cement
MBL
NTC