Logo

सिद्वार्थ बैंकको सहयोग, निःशुल्क पाठेघरको क्यान्सर जाँच शिविर सम्पन्न

सिद्वार्थ बैंकको सहयोग, निःशुल्क पाठेघरको क्यान्सर जाँच शिविर सम्पन्न



काठमाडौं । सिद्वार्थ बैंकको सहयोगमा शनिबार चन्द्रागिरी नगरपालिका, वडा नं ०४ मा अवस्थित प्राथमिक अस्पताल थानकोट परिसरमा निःशुल्क पाठेघरको मुखको क्यान्सर जाँच शिविर आयोजना भएकोे छ । उक्त कार्यक्रम सिद्वार्थ बैंक, नेपाल क्यान्सर केयर फाउण्डेसन र प्राथमिक अस्पताल थानकोटको सहकार्यमा आयोजना गरिएको हो ।

laxmi

पाठेघर क्यान्सरको सचेतनाका साथ महिला स्वास्थ्यको सुधारमा पहल गर्दै आयोजना गरिएको उक्त शिविरमा १५८ जना महिलाहरुको पाठेघर परिक्षण गरिएको थियो ।

बैंकले विभिन्न सामाजिक कार्यहरूमा सहभागिता जनाउंदै आएको र आगामी दिनहरुमा पनि यस्ता सामाजिक कार्यहरुलाई सधैँ आफ्नो उच्च प्राथमिकतामा राखी निरन्तरता दिँदै जाने उद्देश्य बैंकको रहेको छ जसले समाजमा सकारात्मक प्रभाव पुग्छ भन्ने बैंकले विश्वास लिएको छ ।

सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुरयाउने उद्देश्यले बैंकले देशैभर १९५ वटा शाखा (५ एक्स्टेन्सन् काउन्टर सहित), ११९ शाखा रहित बैंकिङ सेवा, २२० एटिएम मार्फत् ग्राहकलाई उच्चस्तरिय र आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL