Logo

सानिमा बैंकको नयाँ शाखा नवलपरासीको सुनवलमा, शाखा संख्या १३२ पुग्यो

सानिमा बैंकको नयाँ शाखा नवलपरासीको सुनवलमा, शाखा संख्या १३२ पुग्यो



काठमाडौँ । सानिमा बैंक लिमिटेडले नवलपरासीको सुनवलमा नयाँ शाखा विस्तार गरेको छ । सुनवल नगरपालिका–४ मा बैंकले शुक्रबार नयाँ शाखा स्थापना गरी बैंकिङ्ग सेवा सुरु गरेको हो ।

laxmi

उक्त शाखा कार्यालयको समुद्घाटन ब्रान्ड प्रवर्द्धक वरिष्ठ कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी( तथा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डेले संयुक्त रूपमा गरे ।

समुद्घाटन् समारोहमा मह जोडीले नवलपरासीको सुनवलमा सानिमा बैंकको कार्यालय सञ्चालनमा आएकोमा बैंकलाई बधाई ज्ञापन गर्दै सबल अनि विश्वसनीय बैंकको रुपमा निरन्तर विस्तार हुन र थप सफलताको लागि शुभकामना व्यक्त गरे ।

त्यसैगरी सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डेले बैंकका ग्राहक तथा सरोकारवालाहरूलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गरे। सानिमा बैकको देशका सातै प्रदेशमा १३२ वटा कार्यालय र १२२ वटा एटीएम सञ्चालनमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL