Logo

Global_Ime

उद्यम व्यवसाय प्रर्वद्धन गर्न सिटिजन्स बैंकले गर्यो त्रिपक्षीय सम्झौता

उद्यम व्यवसाय प्रर्वद्धन गर्न सिटिजन्स बैंकले गर्यो त्रिपक्षीय सम्झौता



काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड, जर्मनको केएफडब्लू डेभलपमेण्ट बैंक र नेपाल राष्ट्र बैंकबीच सम्झौता भएको छ । नेपालको ग्रामीण क्षेत्रमा लघु, घरेलु तथा साना उद्यम व्यवसाय प्रर्वद्धनका लागि उक्त सम्झौता भएको हो ।

laxmi bank orange saving
NABIL

‘सस्टेनेबल इकोनोमिक डेभलपमेन्ट इन रुलर एण्ड सेमी अर्वान एरिया–एमएसएमई फाइनान्स फेज ३ (एसइडिआरआइ) अन्र्तगत यूरो ३५ लाख पुनरकर्जा र यूरो ५ लाख बराबरको प्रावधिक सहयोग पाउने बैंकले जनाएको छ । यस बैंकलाई केएफडब्लू डेभलपमेण्ट बैंकले एसइडिआरआइ ३ प्रोजेक्टमा समझदारीको लागि नेपालमा सञ्चालित बैंक तथा वित्तीय सस्ंथा मध्येबाट चयन गरेको हो ।

नेपालसँग जर्मन वित्तीय सहयोग परियोजना अन्र्तगत केएफडब्लू डेभलपमेण्ट बैंक, जर्मनीले नेपाल राष्ट्र बैंक सँगको समझदारीमा नेपालमा सञ्चालित बैंक तथा वित्तीय सस्ंथालाई लघु, घरेलु तथा साना उद्यम व्यवसाय प्रवर्धनका लागि पुनरकर्जा प्रदान गर्दै आइरहेको छ ।

यस बैंकले उक्त शिर्षक अन्तर्गत हालसम्म २१ हजार ५२६ व्यवसायलाई २५ अर्ब रुपैयाँ बराबरको कर्जा प्रदान गरेको छ । यस मध्ये २ हजार ८८२ महिला व्यवसायीलाई व्यवसायको सुरक्षणमा सहुलियत व्याजदरमा रु २ अर्ब बराबरको कर्जा प्रदान गरेको छ ।

यस कर्जाको मदतले नेपालमा महिलालाई उद्यमशील बनाई महिला सशक्तिकरणमा टेवा पुयाएको विश्वास बैंकले लिएको छ । यसका साथै सिटिजन्स लघुवित्त कर्जा तथा बचत योजना अन्तर्गत नेपालका ग्रामीण भेगका मध्यम तथा विपन्नवर्ग परिवारका महिलालाई लक्षित गरी सामूहिक जमानीको आधारमा हाल सम्म ५ हजार ४९२ मध्यम तथा विपन्नवर्ग परिवारलाई व्यवसाय गर्न ७६ करोड रुपैयाँ कर्जा प्रवाहगरी सकेको छ ।

बैंकले उक्त परियोजना अन्तर्गत कृषि, उद्योग, सेवा, व्यापार तथा अन्य व्यावसायिक रूपले सम्भाव्य देखिएका उत्पादनशील व्यवसायको स्थापना, विकास, बिस्तार र क्षमता एवम् उत्पादकत्व बृद्धिका लागि आवश्यक वित्तीय साधन तथा प्राविधिक सहयोग प्रदान गरी देशको औद्योगिक, ब्यापारिक एवं कृषि क्षेत्रको विकासमा गतिशिलता ल्याउन सहयोग पुर्याउने छ ।

प्रतिक्रिया दिनुहोस्
citizens_bank
ntc