Logo

सनराइज बैंकको शाखारहित बैंकिङ सेवा गौरीगंगामा, सेवा संख्या १०३ पुग्यो

सनराइज बैंकको शाखारहित बैंकिङ सेवा गौरीगंगामा, सेवा संख्या १०३ पुग्यो



काठमाडौं । सनराइज बैंकले कैलाली जिल्लाको गौरीगंगा न.पा.– ३, कुचैनी कैलालीमा शाखारहित बैंकिङ सेवाको सुरुवात गरेको छ । बैंकले सोमबारदेखि संचालनमा आउने गरी एक कार्यक्रमको आयोजना गर्दै उक्त शाखारहित बैंकिङ सेवाको सुरुवात गरेको हो । यससँगै बैंकको शाखारहित बैंकिङ सेवा संख्या १ सय ३ पुगेको छ । बैंकले गौरीगंगा न.पा.– ३, कुचैनी कैलालीमा खोलेको शाखारहित बैंकिङ सेवाको प्रतिनिधिका रुपमा गणेश प्रसाद पौडेललाई नियुक्त गरेको छ ।

laxmi

सोमबार, मिति २०८०÷०२÷०१ मा आयोजित एक कार्यक्रममा प्रमुख अतिथिमा गौरीगंगा नगरपालिका वडा नम्बर ३, का वडा अध्यक्ष मनिराज जोशी र सभापतीमा बैंकका अत्तरिया शाखाका प्रमुख मातृका खड्काको उपस्थिती रहेको थियो । उक्त कार्यक्रममा स्थानिय व्यापारी, बुद्विजिवी, समाजसेवी लगायत अन्य कार्यालयका कर्मचारीहरुको समेत उपस्थिति रहेको थियो ।

बैंकिङ सेवाको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ सेवा अन्तर्गत एटिएम कार्ड मार्फत कारोबार गर्न सकिने बैंकले जनाएको छ । यस सेवाबाट ग्राहकवर्गले निक्षेप सकंलन, रकम भुक्तानी, रकम स्थानान्तरण जस्ता सेवाहरु लिन सकिने जनाएको छ । व्यापार, कृषि र रेमिट्यान्सको मुख्य आयस्रोत रहेको सो क्षेत्रका बासिन्दाहरुमा बैंकिङ पहुँच बढाउने उद्देश्यका साथ बैंकिङ सेवा सुरु गरेको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL