Logo

अध्ययनका लागि विदेशी मुद्रा सटहीमा सहज, यस्तो छ राष्ट्र बैंकको एकीकृत परिपत्रमा संशोधन

अध्ययनका लागि विदेशी मुद्रा सटहीमा सहज, यस्तो छ राष्ट्र बैंकको एकीकृत परिपत्रमा संशोधन



काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी विनिमय कारोबार गर्न इजाजतपत्रप्राप्त निकायलाई जारी गरिएको एकिकृत २०७९ मा संशोधन र परिमार्जन गरेको छ । केन्द्रिय बैंकले केहि बुँदाहरुलाई हटाउने, केहिलाई थप्ने र केहिलाई संशोधन गरेर नयाँ परिपत्र जारी गरेको हो ।

laxmi

संशाधन गरिएको नयाँ परिपत्रमा राष्ट्र बैंकले विदेश अध्ययन गर्न जाने विद्यार्थीहरुका लागि वैदेशिक अध्ययन स्वीकृति (एनओसी)का लागि आवश्यक सटही सुविधा सहज बनाईदिएको छ । यसअघि सटही सुविधाका लागि बैंकमा सम्बन्धित विद्यार्थीहरुले एनओसी नै लिएर सटही सुविधा माग गर्नुपर्थ्यो । अब भने शिक्षा मन्त्रालयले व्यवस्था गरेको पोर्टमा प्रविष्ट विवरणका आधारमा बैंकहरुले एनओसीका लागि सटही सुविधा प्रदान गर्न सक्ने भएका हुन् । यसले अब विद्यार्थीलाई पनि सहज भएको राष्ट्र बैंकका सूचना अधिकारी नारायण प्रसाद पोखरेलले बताए ।

यस्तै नयाँ परिपत्रमा राष्ट्र बैंकले अब नेपाली नागरिकहरुले ५ हजार डलरसम्मको सटही सुविधा पाउने कुरा समेटिएको छ । यसअघिको परिपत्रमा कुनै मनिचेञ्जरले नेपाली नागरिकसँग ५ सय डलर बराबरको सटही सुविधा दिन सक्ने उल्लेख थियो । अब भने नयाँ परिपत्रमार्फत राष्ट्र बैंकले मनिचेन्जरले नेपाली नागरिकसँग ५ हजार अमेरिकी डलरबराबरको अन्य परिवत्र्य विदेशी मुद्राको कारोबा गर्न सक्ने उल्लेख छ । तर, आफन्तले दिने गिफ्ट, टिप्सलगायत भने ५ सय डलरमात्रै सटही गर्न सकिने छ ।

यस्तै राष्ट्र बैंकले अन्य बुँदाहरु पनि थपेर एकिकृत परिपत्र जारी गरेको छ । जसमा नेपालमा कामदारका रुपमा रहेका विदेशी नागरिकहरुलाई दिईने पारिश्रमिक, यसको सटही सुविधालगायतमा पनि केहि सहजीकरण गरिदिएको छ ।

[googleapps domain=”drive” dir=”file/d/17UAkin_B2U3eRCXzuziPrvk7ZvPjXdCU/preview” query=”” width=”100%” height=”480″ /]

प्रतिक्रिया दिनुहोस्
MBL