Logo

सनराइज बैंकका ग्राहकले भारतको इन्द्रप्रस्थ अपोलो हस्पिटलमा १० प्रतिशतसम्म छुट पाउने

सनराइज बैंकका ग्राहकले भारतको इन्द्रप्रस्थ अपोलो हस्पिटलमा १० प्रतिशतसम्म छुट पाउने



काठमाडौं । सनराइज बैंकले आफ्ना सम्पूर्ण ग्राहक माझ अझै उच्चस्तरीय सुबिधा दिने क्रममा भारत स्थित इन्द्रप्रस्थ अपोलो हस्पिटलसँग सम्झौता गरेको छ । सम्झौतापत्रमा सनराइज बैंकका तर्फबाट बैंकका नायव महाप्रबन्धक रविन कुमार नेपाल र हस्पिटलका तर्फबाट अन्तरर्राष्ट्रिय मार्केटिङका महाप्रबन्धक अजय भारद्वाजले आइतबार हस्ताक्षर गरेका हुन् ।

laxmi

उक्त सम्झौता अनुसार अब सनराइज बैंकका सम्पूर्ण ग्राहक वर्गले आफ्नो तथा आफ्ना परिवारका सदस्यहरुको उपचारको क्रममा अपोलो हस्पिटल, भारतबाट प्राप्त हुने विभिन्न सेवा सुविधाहरुमा अधिकतम १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । इन्द्रप्रस्थ अपोलो हस्पिटल भारतस्थित एक प्रतिष्ठित अस्प्ताल हो । जसले विभिन्न १४० देशका ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ ।

उक्त सम्झौता अनुसार सन्राइज बैंकका सम्पुर्ण ग्राहक वर्गले सन्राइज बैंकको डेबिट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा साधारण परिक्षण देखि भर्ना खर्च सम्ममा १० प्रतिशतसम्म छुटका साथै सम्पूर्ण मेडिकल अपोइन्ट्मेन्ट्हरुको समन्वय, विमानस्थलमा ल्याउने–पुर्याउने लगायत अन्य सेवा तथा सुविधाहरुमा अपोलो हस्पिटल अन्तर्गत भारतभरी रहेका ७३ वटै अस्पतालमा यो विशेष छुट प्राप्त गर्न सक्नेछन् ।

यस योजनाले बैंकका सम्पूर्ण ग्राहक वर्गलाई लाभान्वित बनाउने आशा लिएको छ र साथै भविष्यमा थप सेवा सुविधा ग्राहक माझ ल्याउन सन्राइज बैंकले बताएको छ । भारतमा उपचारको लागि जाने आम नेपालीको लागि लक्षित गरेर सनराइज बैंकले छुटै हेल्थ केयर कार्ड पनि संचालनमा ल्याइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL