Logo

नेपाल बैंकको नाफा १९ प्रतिशतले घट्यो, पौने २ नाफा नाफा आर्जन

नेपाल बैंकको नाफा १९ प्रतिशतले घट्यो, पौने २ नाफा नाफा आर्जन



काठमाडौं । नेपाल बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म १ अर्ब ७८ करोड २३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १८.७२ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २ अर्ब १९ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।

laxmi

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा बैंकले खुद ब्याज आम्दानी बढेपनि इम्पेरमेन्ट चार्ज बढेका कारण बैंकको खुद नाफा घट्न पुगेको हो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३७.२० प्रतिशत बढेको छ भने कुल सञ्चालन आम्दानी २७.३२ प्रतिशत बढेको छ ।

निष्क्रिय कर्जा २.०६ प्रतिशतबाट बढेर ४.१६ प्रतिशत पुगेसँगै इम्पेरमेन्ट चार्ज बढेर १ अर्ब ४८ करोड पुगेपछि बैंकको सञ्चालन मुनाफा १४.९७ प्रतिशत घटेको छ । सो अवधिसम्ममा बैंकको वितरण योग्य मुनाफा १८ करोड ७ लाख रुपैयाँ रहेको छ ।

नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि घटेको छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ४ रुपैयाँ १३ पैसा घटेर १६ रुपैयाँ १३ पैसामा सीमित भएको छ । सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १६.१३ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २४१ रुपैयाँ ९७ पैसा रहेको छ ।

गत आर्थिक वर्षको मुनाफाबाट २ प्रतिशत बोनस सेयर वितरण गरी चुक्ता पुँजी १४ अर्ब ६९ करोड पुर्याएको यस बैंकको जगेडा कोषमा २० अर्ब ८६ करोड रुपैयाँ सञ्चित छ । पछिल्लो ९ महिनामा बैंकको निक्षेप १६.९६ प्रतिशत बढेको छ भने कर्जा १.३४ प्रतिशत बढेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL