Logo

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई ल्याण्डमार्क होटेलस् एण्ड रिसोर्टमा विशेष छुट

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई ल्याण्डमार्क होटेलस् एण्ड रिसोर्टमा विशेष छुट



काठमाडौँ । मुक्तिनाथ विकास बैंकले आफ्ना भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुलाई “ल्याण्डमार्क होटेलस् एण्ड रिसोर्ट” को विभिन्न सेवाहरुमा विशेष १० प्रतिशत सम्म छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ ।

laxmi

यस सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुले ल्याण्डमार्कअन्तर्गतका विभिन्न स्थानहरुमा (काठमाडौं , पोखरा, चितवन) रहेका आफ्नो होटेलहरुमा फुड एण्ड बेभरेजमा विशेष १०५ छुट प्राप्त गर्न सक्नेछन् ।

साथै, बैंकले “मुक्तिनाथ विशिष्ट सहज कर्जा” योजना अन्तर्गत रु २ करोड सम्मको कृषी कर्जा, साना तथा मझौला व्यवसाय कर्जा, घर निर्माण÷खरिद कर्जा, अटो तथा हायरपर्चेज कर्जा, शेयर कर्जा, शैक्षिक कर्जा, जग्गा खरीद तथा अन्य व्यक्तिगत कर्जाहरु सम्पूर्ण आवश्यक कागजातहरु पुरा गरेको ३ कार्य दिन भित्र सर्वशुलव व्याजदरमा कर्जा स्वीकृत गरी प्रदान गर्ने सुविधा ल्याएको पनि जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL