Logo

एनएमबि बैंकको हेरिटेज वाक सम्पन्न, नेपाल हेरिटेज सोसाइटीलाई सहयोग हस्तान्तरण

एनएमबि बैंकको हेरिटेज वाक सम्पन्न, नेपाल हेरिटेज सोसाइटीलाई सहयोग हस्तान्तरण



काठमाडौं । एनएमबि बैंकले शनिबार हेरिटेज वाकको आयोजना गरेको छ । बबरमहलस्थित एनएमबि भवनबाट सुरु भएको हेरिटेज वाक पाटन दरबार स्क्वायरसम्म पुगेर समापन भएको हो ।

laxmi

हेरिटेज सोसाइटीको सहकार्यमा आयोजित कार्यक्रममा बैंकका कर्मचारी, नेपाल हेरिटेज सोसाईटीका सदस्यहरू, ललितपुर उद्योग वाणिज्य संघका सदस्यहरू, नेपाल हस्तकला महासंघका सदस्यहरू, रोटेरी क्लब अफ पाटन हेरिटेजका सदस्यहरू तथा सर्वसाधारण गरी लगभग ६०० जनाको सहभागिता रहेको थियो । सो कार्यक्रमको प्रमुख अतिथिका रूपमा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन उपस्थित थिए ।

उक्त कार्यक्रममा एनएमबि बैंकद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सम्पदा संरक्षणको लागि नेपाल हेरिटेज सोसाइटीलाई ४ लाख ९० हजार रुपैयाँ सहयोग गर्नुका साथै पाटन सङ्ग्रहालयलाई डस्टविनहरु समेत हस्तान्तरण गरेको छ। सोही प्रकारको कार्यक्रम प्रदेश १, २, ४, ५, ६ र ७ मा समेत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL