Logo

नबिल बैंक र पायोनियर मोटो कर्पबीच सम्झौता, निसान गाडी किन्नेलाई नबिल बैंकले कर्जा दिने

नबिल बैंक र पायोनियर मोटो कर्पबीच सम्झौता, निसान गाडी किन्नेलाई नबिल बैंकले कर्जा दिने



काठमाडौं । निसानको आधिकारीक विक्रेता पायोनियर मोटो कर्प प्रा।लि।ले विक्री गर्दै आएको गाडीमा नबिल बैंकले कर्जा दिने भएको छ । बैंक र पायोनियर बीच भएको सम्झौता अनुसार अब निसानका गाडीमा खरिद गर्ने ग्राहकहरुले नबिल बैंकबाट सहजै कर्जा लिन सक्नेछन् ।

दुई संस्था बीच भएको सम्झौँता पत्रमा बैंकको तर्फबाट कर्पोरेट हेड चाँदनी श्रेष्ठ र पायोनियर मोटो कर्प प्रालिको तर्फबाट सह(महाप्रबन्धक ज्ञानेन्द्र बहादुर चन्दले हस्ताक्षर गरेका हुन् ।

सम्झौतापछि निसानले उत्पादन गरेका गाडीहरुमा खरिद गर्दा छिटो, छरितो र सहजताका साथ प्रतिस्पर्धी ब्याजदरमा सवारी साधन कर्जा उपलब्ध गराउने जारी विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
MBL