Logo

GBIME

डेभलपमेन्ट बैंकर्स संघको अध्यक्षमा सुयोग श्रेष्ठ, यस्तो छ ७ सदस्यीय कार्यसमिति

डेभलपमेन्ट बैंकर्स संघको अध्यक्षमा सुयोग श्रेष्ठ, यस्तो छ ७ सदस्यीय कार्यसमिति



काठमाडौं । डेभलपमेण्ट बैँकर्स संघ नेपालको अध्यक्षमा सुयोग श्रेष्ठ सर्वसम्मतिले निर्वाचित भएका छन् । सांग्रीला डेभलपमेण्ट बैंकका प्रमुख कार्यकारी अधिकृत रहेका श्रेष्ठलाई संघको शुक्रबार चितवनमा सम्पन्न १७ औं वार्षिक साधारण सभाले अध्यक्षमा चयन गरेको हो ।

Laxmi

त्यसैगरी संघको उपाध्यक्षमा बोधराज देवकोटा, प्रमुख कार्यकारी अधिकृत, महालक्ष्मी बिकास बैंक, सचिवमा राम कुमार गिरी, प्रमुख कार्यकारी अधिकृत, सिन्धु बिकास बैंक, कोषाध्यक्षमा नरेश सिंह बोहरा, प्रमुख कार्यकारी अधिकृत, लुम्विनी विकास बैंक चयन भएका छन् ।

सदस्यहरुमा, प्रकाश पौडेल, प्रमुख कार्यकारी अधिकृत, साइन रेसुंगा डेभलपमेण्ट बैंक, श्रीचन्द्र भट्ट, प्रमुख कार्यकारी अधिकृत, ज्योति विकास बैंक र डा। इन्द्र कट्टेल, प्रमुख कार्यकारी अधिकृत एक्सल डेभलपमेण्ट बैंकबाट रहेका छन् ।

नवनियुक्त कार्य समितिका पदाधिकारीहरुको सपथ ग्रहण समेत सम्पन्न भइसकेको छ । संघको १७ औं वार्षिक साधारण सभाले चालु आवको लेखापरीक्षण प्रतिवेदन, अध्यक्षको प्रतिवेदन, अनुमानित आय ब्यय र लेखापरिक्षक नियुक्ति लगायतका प्रस्तावहरु सर्वसम्मतिले पारित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
NCHL
NTC