Logo

निसान गाडी किन्नेलाई एभरेष्ट बैंकले कर्जा दिने, सम्झौतापत्रमा हस्ताक्षर

निसान गाडी किन्नेलाई एभरेष्ट बैंकले कर्जा दिने, सम्झौतापत्रमा हस्ताक्षर



काठमाडौं । निसानको आधिकारीक विक्रेता पायोनियर मोटो कर्पले विक्री गर्दै आएको गाडीमा एभरेष्ट बैंकले कर्जा दिने भएको छ ।

laxmi

बैंक र पायोनियरबीच भएको सम्झौताअनुसार अब निसानका गाडीमा खरिद गर्ने ग्राहकहरुले एभरेष्ट बैंकबाट सहजै कर्जा लिन सक्नेछन् । दुई संस्थाबीच भएको सम्झौँता पत्रमा बैंकको तर्फबाट कर्पोरेट हेड हरिश कुमार आचार्य र पायोनियर मोटो कर्प प्रा।लि।को तर्फबाट सहमहाप्रबन्धक ज्ञानेन्द्रबहादुर चन्दले हस्ताक्षर गरे ।

सम्झौतापछि निसानले उत्पादन गरेका गाडीहरुमा खरिद गर्दा छिटो, छरितो र सहजताका साथ प्रतिस्पर्धी ब्याजदरमा सवारी साधन कर्जा उपलब्ध गराउने जारी विज्ञप्तिमा उल्लेख छ ।

यो सहयोगले निसानबाट गाडी खरिद गर्न चाहने ग्राहकहरूलाई सुलभ र सहज वित्तीय सेवाहरू प्रदान गर्न लक्ष्य राखेको छ । समझौताको अनुसार, योजना सबै एभरेष्ट बैंकका सबै शाखाहरूबाट ग्राहकहरूलाई गाडीको लागि सुलभ ऋण सुविधाहरू सजिलो उपलब्ध हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL